२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२
दाहालको सत्ता बहिर्गमन

विगतकै अनुसन्धानलाई लामिछानेले दाबी गरे आफ्नै उपलब्धि

असार २९, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा आएपछि अनुसन्धान भएको र आरोपित पक्राउ गरेर सुशासनको जग बसाएको भनिएका ‘फाइल’ विगतकै निरन्तरता रहेको पाइएको छ । शुक्रबार संसद् बैठकमा लामिछानेल...

लामिछानेले भने- 'फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले फाइल खोलेर काम थाल्दा सरकार ढालिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमाथि धारणा राख्दै फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन् । 

चार घुम्ती मोडिएपछि सत्ताबाहिर दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकारबाट बहिर्गमन भएका छन् । योसँगै प्रधानमन्त्रीको रुपमा उनको ‘तेस्रो इनिङ्स’ को अन्त्य भएको छ ।

दलित, महिला र मधेसको नाममा फेरि आगो बाल्ने दुष्प्रयत्न सफल हुँदैन : भट्टराई

एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले आगामी दिनमा दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताएका छन् । उनले संविधान संशोधनमार्फत अग्रगमनको बाटोमा जाने बताए ।

'स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ'

लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।

एमाले-कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह : नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् बचाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरूले संसद् नै निल्ने प्रयास गर्ने बताए । 

संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान प्रस्ताव गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा उनले यो प्रस्ताव ल्याएका हुन् ।

कांग्रेस-एमाले २०४७ को संविधानमा फर्किन लागे : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस- एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएको छन् । उनले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै कांग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन् ।

संसद् नै विघटन गर्ने बानी परेका साथीहरूले नैतिकताको पाठ पढाउनुभयो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले सदनलाई विगतको राजनीतिक घटनाक्रम स्मरण गराउँदै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिएका हुन् । 

कांग्रेस-एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत माग्दै उनले यस्तो बताएका छन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ सुरु गरेको जिकिर गरे । 

सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्‍यो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको दाबी गरेका छन् ।

एमाले-कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह :  छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजानुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् ।

संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा बचाइएको हो, अब पनि बचाइनेछ : प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने बताएका छन् ।

प्रधानमन्त्री दाहाल विश्वासको मतको प्रस्ताव पेस गर्न प्रतिनिधिसभाको रोस्ट्रममा

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । विश्वासको मतका लागि प्रस्ताव पेस गर्न प्रधानमन्त्री दाहालले अहिले रोस्ट्रममा पुगेका छन् ।

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।