२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
सौर्य एयरलाइन्स जहाज दुर्घटना

उड्‌डयन प्राधिकरणलाई जिम्मेवार बनाउन सांसदहरूको माग

श्रावण २५, २०८१

नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदबाट हटाएर वा निलम्बनमा राखेर मात्रै हवाई दुर्घटनाको छानबिन अघि बढाउन सांसदहरूले सरकारलाई सुझाएका छन् । दुर्घटनाको स्वच्छ छानबिनका लागि मुख्य गरी...

विमान दुर्घटना, नीतिगत र व्यवस्थापकीय सुधारको खाँचो

मुलुकले पुनः अर्को अकल्पनीय विमान दुर्घटना बेहोर्नुपरेको छ । विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको केही क्षणमै असन्तुलित भएर सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा परी १८ जनाको निधन भएको छ ।

पोस्टमार्टम पूरा, क्षतिपूर्ति टुंगो लागेपछि मात्रै शव बुझ्ने आफन्तको अडान

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम सकिएको छ । शव पहिचान कार्य शुक्रबार बिहान सुरु गर्ने र चिनिएका शव परिवारलाई बुझाउने त्रिवि शिक्षण अस्पतालको तयारी छ । मृतकका परिवारजन भने बिमा र एयरलाइन्सले दिने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडानमा छन् । 

३५ दिनपछि उडेको थियो सौर्यको जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरको सीआरजे जहाज ३५ दिनयता उडानमा नभएको देखिएको छ । मुख्य ‘ल्यान्डिङ गियर’ फेर्नुपर्ने समय भएकाले उक्त जहाजलाई असार ४ पछि उडाइएको थिएन । ‘ल्यान्डिङ गियर’ फेरेपछि थप मर्मतका लागि जहाज बुधबार पोखरा उड्दै थियो ।

पाइलटले चिकित्सकलाई भने– ‘जहाज केही माथि उडेपछि नियन्त्रण गर्नै सकिनँ’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका चालक मनीषरत्न शाक्यले धावनमार्गबाट केही माथि उडेपछि आफूले जहाज नियन्त्रण नै गर्न नसकेको बताएका छन् ।

सौर्य जहाज दुर्घटना : क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने मृतकका आफन्तको भनाइ

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै अगाडि उनीहरूले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएका हुन् ।  

सौर्य जहाज दुर्घटना : पोस्टमार्टम सकियो, परिवारले दिएको जानकारीका आधारमा शव पहिचान गरिने

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि शुक्रबारसम्म लाग्ने भएको भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले परिवारले दिएको विवरणका आधारमा 'म्याचिङ' गरेर मात्र हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य : अस्पताल

दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताइन् ।

सौर्य एयरलाइन्स जहाज दुर्घटना : शव हस्तान्तरण शुक्रबारसम्म

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ । अस्पतालले आवश्यक मुचुल्का तथा कागजपत्र मिलाएर शवको पोस्टमार्स्टम सुरु गरिसकेको छ । एउटा शवको पोस्टमार्टम सक्न कम्तीमा ४ घण्टा लाग्ने अस्पतालले जनाएको छ ।

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा विमान चालक मनीषरत्न शाक्य मात्रै बाँच्न सफल भएका छन् । विमान दुर्घटनामा १८ जनाको ज्यान जाँदा ‘पाइलट इन कमान्ड’ शाक्यको भने सकुशल उद्धार गरिएको थियो । 

मनुराजले प्रिजालाई भनेका थिए - 'छोरासहित एयरपोर्ट आउनू'

सधैंझैं बुधबार बिहान बालकोटस्थित कोठाबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घरनजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् ।

धावनमार्ग छाडेलगत्तै खस्यो जहाज

विस्तृत परीक्षण र मर्मत (सी–चेक) का लागि काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी को–पाइलटसहित १८ जनाको मृत्यु भएको छ, जसमध्ये १७ नेपाली र एक यमनी नागरिक हुन् । पाइलट मनीषरत्न शाक्य घाइते छन् । 

आफ्नै प्राविधिक बोकेको जहाज विमानस्थलमै खस्यो

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । हरेक वर्षजस्तो भइरहेका दुर्घटनाले नेपालको हवाई सुरक्षाप्रति विश्वको ध्यान खिचिएको छ । 

क्याप्टेन शाक्यको अवस्था स्थिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा विमान चालक मनीषरत्न शाक्य मात्रै बाँच्न सफल भएका छन् । विमान दुर्घटनामा १८ जनाको ज्यान जाँदा ‘पाइलट इन कमान्ड’ शाक्यको भने सकुशल उद्धार गरिएको थियो ।

विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण सुरू

सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मृतक १८ जनाको शव परीक्षण सुरू भएको हो । 

दुर्घटनामा परेको जहाजका क्याप्टेनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले लिए जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

सौर्य जहाज दुर्घटना : विमानस्थलदेखि अस्पतालसम्म [तस्बिरहरू]

सौर्य एयरलाइन्सको जहाज उड्ने वित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ । विमान दुर्घटनापछि त्यसक्षेत्रमा तत्कालै उद्धारको काम भएको थियो । प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरू दुर्घटनाबारे बुझ्न घटनास्थल पुगेका थिए  । दुर्घटनामा परी निधन भएकाहरूको शव त्रिवि अस्पतालमा राखिएको छ । त्यहाँ शोकाकुल परिवारजनको चित्कार र रुवावासी चलेको छ । विमान दुर्घटना, उद्धार र अस्पतालसम्मका दृश्य कान्तिपुरको क्यामेरामा यसरी कैद भएका छन् :

मन्त्रिपरिषद् बैठक : सौर्य जहाज दुर्घटना छानबिन गर्न समिति गठन

सरकारले सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

जहाज दुर्घटना : अस्पताल परिसरमा शोकाकुल आफन्त

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतकहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम सुरु भएको छ । अस्पतालबाहिर मृतकका आफन्त र स्थानीय भेला भएका छन् । दुर्घटनामा नातेदार गुमाएर शव कुरिरहेका आफन्तहरू अस्पताल परिसरमा विक्षिप्त छन् ।