कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

जहाज दुर्घटना : विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे

काठमाडौँ — सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।

जहाज दुर्घटना : विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे

एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ । बुधबार काठमाडौंबाट सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेकोमा धावनमार्ग नकट्दै दुर्घटनामा परेको थियो ।

जसमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो । प्रहरीका अनुसार सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।

प्रकाशित : श्रावण १२, २०८१ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×