सर्वोच्च अदालतले नागरिक उड्डयन प्राधिकरणलाई बोनस बाँड्न बाटो खुला गरिदिएको छ । कम्तीमा एक हजार कर्मचारीलाई करिब २५ करोड रुपैयाँ बोनस बाँड्न दुई वर्षयता प्राधिकरणले अवरोध झेल्दै आएको थियो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरराज खतिवडा र हरि फुयालले मंसिर २१ मा बोनस वितरण गर्न आदेश दिएका हुन् ।
बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२० का उपविजेता सन्तोष साहले नेपाली नागरिकता बनाउँदा घूस दिनुपरेको खुलासा गरेका छन् । मंगलबार चन्द्रागिरि हिल्समा आयोजित सम्मान कार्यक्रममा नेपाली सेफहरूमाझ उनले सुरुका दिनमा आफ्नो जीवनकाल अत्यन्तै संघर्षपूर्ण रहेको उल्लेख गर्दै सजिलै नागरिकता नपाएको र घूस दिनुपरेको खुलासा गरेका हुन् । हाल बेलायती राहादानी लिइसकेका सेफ साहले गलत कुरा कहिल्यै नलुक्ने उल्लेख गरे ।
अनुमति नलिई खुम्बु क्षेत्रको अमादब्लम हिमालको चुचुरो ढाक्ने गरी गत वर्ष टाँगिएको कुवेतको सबैभन्दा ठूलो झन्डा नेपाल सरकारले कुवेतलाई फिर्ता नगर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको रिक्त सदस्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक विज्ञापन नै नगरी गोप्य रूपमा थालेको मनोनयन प्रक्रियामा २२ जना व्यवसायी र विषय जानकारहरूले आवेदन दिएका छन् ।
चार वर्षअघि सगरमाथा आरोहण गरेको फर्जी प्रमाण पेस गर्ने दुई जना भारतीय नागरिकलाई सरकारले १० वर्षका लागि नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउँदै उनीहरूले लिएको प्रमाणपत्र रद्द गरेको छ ।
यसपालाको हिउँदेयाममा निर्मल पुर्जा पाकिस्तानको ‘ज्यानमारा हिमाल’ भनिने विश्वको दोस्रो अग्लो चुचुरो केटू आरोहण गर्ने मुडमै थिएनन् । तर, बाध्यता आइलाग्यो । त्यो के थियो भने, यसपटक विभिन्न मुलुकका ४० भन्दा बढी आरोही जसरी भए पनि हिउँदयाममा आरोहण हुन नसकेको केटू चढ्न कराँचीतर्फ लागेको खबरले विदेशी मिडियामा प्राथमिकता पायो ।
तामझामकासाथ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको तर कोभिड महामारीका कारण सुरु भएको ४ महिनामै स्थगन भएको नेपाल भ्रमण वर्ष २०२० को सबै खर्च विवरणसहितका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ ।
सन् २०२० मा नेपालमा भारत, म्यानमार, थाइल्यान्ड, चीन र अमेरिका गरी पाँच मुलुकका पर्यटक धेरै आएका छन् । भारतबाट ४० हजार ३ सय ३६, म्यानमारबाट २० हजार ९ सय, थाइल्यान्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार २ सय ५७ र अमेरिकाबाट १७ हजार ७ सय ६७ जना विदेशी नेपाल प्रवेश गरेका हुन् ।