भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको कोभिड–१९ विरुद्धको खोप सम्भवतः बिहीबार नै काठमाडौं आइपुग्ने पक्कापक्की भएको सरकारी उच्च स्रोतले दाबी गरेको छ । भारतले दिन लागेको खोप बारे जानकार उच्च सरकारी स्रोतका अनुसार यसबारे थप जानकारी दिन बुधबार दिउँसो स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।
अहिले देशमा कोभिड–१९ को खोप कहिले भित्रिन्छ भन्ने चर्चा चुलिएको छ । त्यसमा पनि छिमेकी राष्ट्र भारत र चीनमा खोपहरुको धमाधम उत्पादन भइरहेको सन्दर्भमा नेपालीहरुका लागि कुन खोप उपयुक्त हुन्छ र त्यो कहिले आउँछ भन्ने प्रश्न टड्कारो रुपमा उठिरहेको छ ।
नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।
भारतले दुईवटा कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएसँगै नेपालमा पनि छिट्टै खोप उपलब्ध हुनसक्ने आशा पलाएको छ । तर, त्यो आशा वास्तविकतामा परिणत हुनका लागि निकै समय लाग्ने देखिन्छ ।
कोरोना भाइरसविरुद्धको खोप लगाउने नेपाली नागरिकको चाहनामाथि राजनीतिको कालो बादल मडारिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि आएको राजनीतिक तरलताले खोप ल्याउनका लागि भइरहेको कुटनीतिक प्रयत्नमा असर पुग्न थालिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् ।
कोरोनाभाइरसको संक्रमणका कारण देशभर र विशेष गरेर काठमाडौं उपत्यकामा आईसीयू बेडको अभाव देखिन थालेको छ । संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुको उपचारका लागि आईसीयू बेडको कमि हुँदा आफन्तहरु बेडको व्यवस्थापन गर्न एक अस्पतालबाट अर्को अस्पताल भौंतारिन बाध्य छन् ।
बुधबार नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार नाघेको छ । त्यसमा पनि कुल सक्रिय संक्रमितको करिब ५८ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् । उपत्यकामा सक्रिय संक्रमितको संख्या १५ हजार ५ सय ८३ पुगेसँगै यहाँको स्वास्थ्य सेवालाई धान्न मुस्किल परिरहेको छ ।