कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जुनियर तथा छात्र/छात्रा बक्सिङ प्रतियोगिता सुरु

काठमाडौँ — राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्र/छात्रा बक्सिङ च्याम्पियनसिप ललितपुरमा शुक्रबार सुरु भएको छ ।नेपाल बक्सिङ महासंघको आयोजनामा भएको प्रतियोगितामा जुनियरतर्फ महिला ८ र पुरुषतर्फ ८२ खेलाडी छन् । विद्यालयतर्फ छात्र ४४ र छात्रा १४ खेलाडीको सहभागिता छ ।

जुनियर तथा छात्र/छात्रा बक्सिङ प्रतियोगिता सुरु

आउँदो अगस्ट २७ देखि सेप्टेम्बर १० सम्म युएईमा हुने एसियन जुनियर तथा स्कुल ब्वाइज र गर्ल्स बक्सिङ प्रतियोगितामा यस स्पर्धाका विजेतामध्ये उत्कृष्ट खेलाडीलाई सहभागी गराइने महासंघले जनाएको छ ।

जुनियरतर्फ ५२ केजी तौल समूहमा जेनेक्सका आयोग घिसिङले भाइबका सफल श्रेष्ठलाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा हराए । ५७ केजी तौल समूहमा अछामका विनोद नागार्जेले दोस्रो राउन्डमै आरएससीको आधारमा आर्यन फिटनेसका सोनम लामालाई पराजित गरे ।

६३ केजी तौल समूहमा एबीसीका युनिक राईले फाइट प्रमोसनका बरदान नर्सिङ राणालाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा हराए । सोही तौलमा सुनसरीका दिहाङ लिम्बू र उदयपुरका एलन राईलाई पहिलो राउन्डमै आरएससीका आधारमा हराए । भाइबका सरिन श्रेष्ठले एनएफसीका रोयन वैदारलाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।

जुनियर छात्रातर्फ ४६ केजी तौलमा दमकका दिप्सा काम्बाङले बक्समाण्डुका हसिना डंगोललाई पहिलो राउन्डमै आरएसीका आधारमा हराइन् । स्कुलतर्फ छात्रा ४९ केजी तौलतर्फ भक्तपुरका सायरा गोसाईंले सीजीजीका सेलेक्सी बम्जनलाई ५ः० युनानिमस डिसिजनका आधारमा हराइन् ।

छात्रतर्फ ४६ केजी तौलमा एबीसीका अनिश राईले थानकोटका प्रकट महर्जन, सुनसरीका कुन्जन थापाले बानुजका आशुतोष सुवेदी र झापाका लगेहांग लिम्बूले फाइटका रोशन शेर्पालाई समान ५ः० ले पराजित गरे ।

४९ केजीमा भाइबका सम्पूर्ण अधिकारीले स्विटका अनिमेश महरलाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । ५२ केजीमा केबीएका अंकित कार्कीले सुनसरीका नवाङ लिम्बूलाई ५ः० अन्तरको हराए । प्रतियोगिता साउन १४ सम्म चल्नेछ ।

प्रकाशित : श्रावण ११, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×