कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

गोल्डेनगेट बास्केटबल च्याम्पियन

भाद्र २२, २०८१
गोल्डेनगेट बास्केटबल च्याम्पियन

काठमाडौँ — गोल्डेनगेट कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शनिबार फाइनलमा गोल्डेनगेटले जेभियर कलेजलाई ४२–४० को साँघुरो अन्तरले हरायो । गोल्डेनगेटकी सन्ध्या डंगोलले सर्वाधिक १८ अंक जोडिन् । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीईसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्या मोस्ट भ्यालुएबल प्लेयर पनि भइन् ।

अत्तिरिक्त समयको खेल ३–१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटले उपाधि जितेको हो । निर्धारित समयमा ३९–३९ ले बराबरीमा स्कोर टुंगिएको थियो । गोल्डेनगेटले २० हजार र उपविजेता जेभियरले १० हजार नगदसहित ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी (एसीयू) की रिजनल मार्केटिङ म्यानेजर कोल्मा फेच्नर, एसीयूकी रिजनल म्यानेजर अनुष्का श्रेष्ठ, पीईसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एसके श्रेष्ठ, राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालगायतले पुरस्कृत गरे ।


प्रकाशित : भाद्र २२, २०८१ १८:४५
×