२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४
नाडा अटो सो

अटो सोमा दुईपांग्रेदेखि लुब्रिकेन्ट्स, ब्याट्री र हेल्मेटमा छुटैछुट

भाद्र १६, २०८१

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं ‘नाडा अटो सो २०२४’ मा चारपांग्रे सवारीमा मात्र नभई दुईपांग्रे मोटरसाइकल तथा स्कुटर, हेल्मेट, लुब्रिकेन्ट्समा पनि छुटैछुटको अफर छ । काठमा...

नाडा अटो सोमा स्किम : स्काइवेलका गाडीमा पाँच लाख छुट अफर

नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले स्काइवेल ब्रान्डका विद्युतीय गाडीमा पाँच लाख रुपैयाँसम्म नगद छुट दिएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ को अवसर पारेर सो छुट अफर ल्याएको हो । 

नाडा अटो सोमा स्किम : बजाजको एनएस ४०० जेडमा १० हजार छुट

नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘एनएस ४०० जेड’ मा १० हजार रुपैयाँसम्म छुट दिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ मा नयाँ लन्च भएको एनएस ४०० जेड बुकिङ गर्दा उक्त छुट पाइने कम्पनीले जनाएको छ । 

नाडा अटो सोमा स्किम : जोन्सेनको मोटरसाइकल र स्कुटरमा पाँच हजार छुट

नेपालमा जोन्सेन मोटरसाइकलको आधिकारिक बिक्रेता स्यामुकापु ट्रेडिङले जोन्सेन ब्रान्डका दुईपांग्रे सवारीमा पाँच हजार रुपैयाँ छुट दिने भएको छ । मंगलबारदेखि प्रदर्शनमा रहेको ‘नाडा अटो सो २०२४’ लाई लक्ष्य पार्दै कम्पनीले जोन्सेन ब्रान्डका मोडल बुकिङ गर्ने ग्राहकलाई उक्त छुट उपलब्ध गराउने भएको हो । 

नाडा अटो सोमा निजी क्षेत्रको एक स्वर : स्थिर नीति चाहियो

स्थिर नीति नहुँदा अर्थतन्त्र चलायमान बन्न नसकेको उद्योगी व्यवसायीले बताएका छन् । मंगलबार भृकुटीमण्डपमा सुरु भएको १६ औं नाडा अटो सो उद्घाटन कार्यक्रममा उनीहरूले सरकार फेरिएपिच्छे नीति पनि फेरिँदा व्यवसायी मारमा परेको बताएका हुन् । 

नाडा अटो सो : विद्युतीय गाडीमा आकर्षण [तस्बिरहरू]

१६औं संस्करणको नाडा अटो सो मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । अटो सोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्स लगायत गरी १ सय ३० वटा स्टल राखिएको छ ।

व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह : कसैले दु:ख दिए सरकारलाई भन्नुस्

कसैले दु:ख दिए मन्त्री र सरकारलाई भन्न अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीसँग आग्रह गरेका छन् । मंगलबार नाडा अटो सोको उद्‌घाटन गर्दै अर्थमन्त्री पौडेलले व्यवसायीलाई नीतिगत सहयोग गर्न तयार रहेको बताएका हुन् । 

व्यवसायीलाई त्रास र भयबाट मुक्त गराइदिनुस् : नाडा अध्यक्ष चौधरी

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष करण चौधरीले नाडा अटो सो अटो व्यवसायीहरूको ठूलो चाड भएको बताएका छ्न । ‘नयाँ-नयाँ प्रविधि देखाउन मात्र होइन जीविका चलाउने आधार हो,’ मंगलबार भृकुटीमण्डपमा सुरु १६औं सस्करणको अटो सो उद्घाटनका क्रममा उनले भने, ‘अटोमोबाइलको ठूलो चाड अटो सो हो, अटोमोबाइल जति पारदर्शी व्यवसायी अरु छैन ।’

सवारीको महाकुम्भ, २३ ब्रान्डका नयाँ गाडी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ मा २३ ब्रान्डले नयाँ उत्पादन (प्रडक्ट) सार्वजनिक गर्ने भएका छन् । मंगलबार सुरु हुने अटो सोमा १६ वटा चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्न लागेका हुन् । काठमाडौं भृकुटीमण्डपमा आयोजना हुने अटो सो यही भदौ १६ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

विद्युतीय सवारी बढ्दो, राजस्व घट्दो

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि हायर पर्चेज क्षेत्रबाट प्राप्त हुने राजस्व उल्लेख्य रूपमा घट्न थालेको छ । मुलुकमा उत्पादित बिजुलीको खपत बढाउने, प्रदूषण कम गर्ने, पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नेलगायत कारण पछिल्ला वर्षमा सरकारले विद्युतीय सवारीमा भारी छुट दिँदै आएको छ ।

सस्तियो सवारी कर्जा

ब्याज महँगो भएकै कारण बैंकबाट ऋण लिएर गाडी (अटो) किन्न सकिनँ भनेर चिन्तामा बस्नुपर्ने अवस्था अब रहेन । बैंकमा पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले सवारी कर्जाको ब्याजदर धेरै घटाएका छन् ।

विद्युतीय सवारी : निजीमा आकर्षण, सार्वजनिक साधनमा न्यून

नेपालमा पछिल्लो समय विद्युतीय सवारी आयातको क्रम बर्सेनि बढ्दो छ । सरकारले इन्धन सवारीको तुलनामा करलगायत विषयमा दिएको सुविधा आदिले विद्युतीय सवारी प्रयोग गर्नेहरूको संख्या बढेको हो । व्यक्तिगत प्रयोजनका विद्युतीय सवारीको तुलनामा दुईपांग्रे र ठूला सार्वजनिक सवारी आयात बढ्न सकेको भने छैन ।

पुग्दो छैन पूर्वाधार

बर्सेनि सवारीसाधन थपिँदा छन् । त्यसअनुसार सडक पूर्वाधार भने नपुगेको सरोकारवाला बताउँछन् । कतिपय सडक टालटुल गरेर नै सञ्चालन गरिएको छ । कतिपय सडक हिउँदमा चल्ने तर बर्खामा नचल्ने छन् । अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहमार्फत ८२ हजार किमि सडक निर्माण भएको छ । यसमा संघमार्फत मात्र १८ हजार किमि सडक बनाइएको छ । केही निर्माणकै क्रममा छन् । 

समाजको चासो सडक सुरक्षा

गत असार २८ मा नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको पहिरोमा परेर दुईवटा यात्रु बस त्रिशूलीमा बग्दा झन्डै ४८ जनाको अवस्था अझै अज्ञात छ ।