कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पाल्पामा खोलाले बगाएर मृत्यु 

भाद्र २८, २०८१

पाल्पा — पाल्पामा झुम्सा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–४, झडेवाको सुर्कावासस्थित झुम्सा खोलाले बगाउँदा तिनाउ गाउँपालिका–४, गिजनचौरका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

चौहानलाई खोला तर्ने क्रममा शुक्रबार अपराह्न ३ बजेतिर झुम्सा खोलाले बगाएर करिब १ सय ५० मिटर तल खोलाको बीच भागमा पुर्‍याएको थियो ।

प्रहरीले चौहानको शव घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्यपश्चात् पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : भाद्र २८, २०८१ २२:०७
×