कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

एमालेले लुम्बिनी संसदीय दलको विधान संशोधन गर्ने

आश्विन १, २०८१

बुटवल — नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकले एमाले संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको छ ।

दलका नेता एवं मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको हो ।

विधान संशोधनका लागि दलका उपनेता भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र सचेतक यमुना रोका तामाङ सदस्य रहेको विधान संशोधन उपसमिति गठन गरेको छ ।

दलको बैठकले प्रदेशसभा सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी पनि तोक्ने निर्णय गरेको उपनेता श्रेष्ठले बताए ।

प्रकाशित : आश्विन १, २०८१ १६:३२
x
×