कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

२९ किलो गाँजासहित तीन पक्राउ

आश्विन २, २०८१
२९ किलो गाँजासहित तीन पक्राउ

भैरहवा — लागूऔषध गाँजासहित रुपन्देहीको बुटवल–२ बाट तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी बुटवलबाट खटिएको टोलीले २९ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार गत आइतबार गाँजा कारोबार गरिरहेको आरोपमा बुटवल–२, भीमसेनपथकी लक्ष्मी खड्की, हीना शाही खड्की र दैलेख महाबु–४ की रिहा शाही ठकुरी पक्राउ परेका हुन् । पक्राउ व्यक्तिमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरिएको राठौरले जानकारी दिए ।

प्रकाशित : आश्विन २, २०८१ १८:०७
x
×