दीपेन्द्र बडुवाल

दीपेन्द्र बडुवालका लेखहरु :

'प्रहरी शासक होइन, सेवक हुनुपर्छ' – महानिरीक्षक कुँवर

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले कार्यालयमा आउने सीमान्तकृत र पहुँच भन्दा टाढा रहेका सेवाग्राहीलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । प्रहरी कार्यालयमा दलाल, पहुँच भएका र शक्ति निकट व्यक्ति हाबी हुने गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई भन्दा सीमान्तकृतलाई प्राथमिकता दिन निर्देशन दिए ।

आईसीपी निर्माणमा देखिएका समस्या सुल्झाउने सहमति

नेपाली र भारतीय सीमावर्ती प्रशासन र सुरक्षा अधिकारीहरूबीच रुपन्देहीको बेलहियामा निर्माणाधीन एकीकृत चेक पोस्ट (आईसीपी) निर्माणमा देखिएका अस्पष्टता र द्धिविधा समाधान गर्ने समझदारी भएको छ ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नैपर्ने अवस्थाले यात्रुको चाप आफैं कम भएको छ । त्यसमाथि खराब मौसममा अवतरण गराउने प्रणाली सञ्चालनमा भारतले असहयोग गर्दा हिउँदका लागि उडान नहुने स्थिति छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनामा डेढ सय उडान

लुम्बिनीकै आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास गरिएको यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना पूरा भएको छ । प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी छेउमा निर्मित विमानस्थल अझै ढुक्कसाथ सञ्चालन हुन सकेको छैन ।

पाँच वर्ष स्थायी सरकारका लागि नयाँ समीकरण : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आगामी पाँच वर्ष स्थायी सरकार कायम राख्न नयाँ गठबन्धन बनाउनु परेको बताएका छन् । यसपटक निर्वाचनको परिणमअनुसार कुनै पनि दलको बहुमत नआएले सरकार पाँच वर्ष नटिक्ने र मुलुकले स्थिरता नपाउने देखिएपछि नयाँ सत्ता समीकरण बनेको स्पष्ट पारेका हुन् ।

भारतीय ट्रकको मनपरी रोक्न माग गर्दै आन्दोलन

मनपरी रुपमा तौल लोड गरेर भारतीय ट्रकलाई मुलुकभर ढुवानीमा छुट दिएको विरोधमा ट्रक व्यवसायी आन्दोलित बनेका छन् । मुलुकभित्र नियमअनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनु पर्ने माग राख्दै शुक्रबार व्यवसायीले रुपन्देहीमा प्रदर्शन गरेका हुन् ।

पर्यटन व्यवसाय उकास्न एकजुट बन्नुपर्नेमा सरोकारवालाहरूको जोड

रुपन्देही र आसपास क्षेत्रमा पर्यटन गतिविधि वृद्धि र व्यवसाय उकास्न एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोराना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र उकास्न नयाँ प्याकेज कार्यक्रम निर्माणसँगै यस क्षेत्रमा देखिएका समस्या हल गर्नुपर्ने उनीहरुको भनाइ थियो । 

मोतिपुरका कोही पनि घरबारविहीन बन्नु पर्दैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँ बसोबास गरेका परिवार घरबारविहीन हुनु नपर्ने बताएका छन् । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले मंगलबार जिल्लाको फर्साटिकरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर स्मार्ट निर्माण गरिने र अहिले बसोबास भएकालाई घरविहीन हुन नदिने बताएका हुन् ।

‘मान्छे बोक्छु, घाँस पनि बोक्छु’

सदरमुकाम तम्घासमा चिसो बढिसकेको छ । साँझ–बिहान स्याँठ चल्छ । कचौरा आकारको गुल्मी सदरमुकाममा हिजोआज घाम एकैछिनमा हराइजान्छ । तर बढ्दो चिसो कुनै पर्वाह नगरी सन्तोष पन्थी बिहानैदेखि साँझ अबेरसम्म सहरबजार कुदिहिँड्छन् । चुनावको चहलपहलले रेसुंगा नगरपालिका–२ धागीथुमका ३८ वर्षीय पन्थीको व्यस्तता झनै बढाइदिएको छ । 

रित्तिँदै पहाड

तराई-मधेसका जिल्लामा वन फँडानी बढिरहेका बेला मध्यपहाडका गुल्मी र आसपासका जिल्लामा भने जंगल बढेको छ । यसले वन्यजन्तुको संख्या वृद्धिसँगै वन आसपासका खेतबारी र बस्तीमा पसेर दुःख दिने क्रम बढेको छ । त्यसैले यस्ता बस्तीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरूलाई मतदाताले बाँदर र बँदेलले दिएको सास्तीको समाधानका माग अघि सारिरहेका छन् ।