लुम्बिनीस्थिल अखण्ड शान्ति दीपबाट सुरु भएको पदयात्रा दुई किमि उत्तरमा रहेको अन्तर्राष्ट्रिय ध्यान तथा सभा केन्द्रमा पुगेर टुंगिएको थियो ।
लुम्बिनी — सडक दुर्घटना न्यूनीकरण, लागू औषध दुर्व्यसन र शान्ति सुरक्षाबारे सचेतना फैलाउन प्रहरीले बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय, लुम्बिनी र लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा सोमबार आयोजित कार्यक्रममा भिक्षु भिक्षुणी, लामा गुरु, विद्यार्थी, स्थानीय, कर्मचारी, जनप्रतिनिधि, सेना, प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सहभागिता थियो ।लुम्बिनीस्थिल अखण्ड शान्ति दीपबाट सुरु भएको पदयात्रा दुई किमि उत्तरमा रहेको अन्तर्राष्ट्रिय ध्यान तथा सभा केन्द्रमा पुगेर टुंगिएको थियो । कार्यक्रममा लागू औषध दुर्व्यसन र सडक दुर्घटनाबारे सचेतना जगाउन लघु नाटक देखाएको थियो । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदयात्राको ऊर्जाले बुद्धको करुणा, मैत्रीभाव, सदाचार र मुदिताभाव व्यवहारमा उतारेर समाजलाई सभ्य र सुसंस्कृति बनाउन सहयोग पुर्याउनुपर्ने बताए ।
![Peace Walk in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/police-padyatramanoj-photo5-1562026125741-1000x0.jpg&w=1001&h=0)