सात पटक सगरमाथा चढे । तीन देशका ८ हजार मिटर अग्ला ६ हिमालको आरोहण गरे । मनास्लु, मकालु र धवलागिरि प्रथम हिमालदेखि युरोपका सबै अग्ला हिमाल चढिसके । पाकिस्तानको जीटु (गासरब्रम टु) र तिब्बतको सिसापाङको चुचुरोमा उभिए । तर, अहिले उनी आरोहीको विगत बोकेर वाइल्डलाइफ फोटोग्राफीको यात्रामा रमेका छन् । उनी हुन्, काठमाडौं महानगरपालिका–१३, वाफलका ५६ वर्षीय पेम्बा शेर्पा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ मन्द्रेलीटोलका २४ वर्षीय रूपक कार्की २०७९ जेठ २५ गते काठमाडौंबाट रुसका लागि उडेका थिए । बागबजारको ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीमार्फत उनी वैदेशिक रोजगारी र अध्ययनका लागि रुस गएको पिता मानबहादुरले बताए ।
तिहारको अवसरमा यहाँका गाउँघर र सहर बजारमा भगवान लक्ष्मीको झाँकी निकालिएको छ । झाँकीले गाउँघर, चोक, सहरबजार झकिझकाउ बनेका छन् । यसले तिहारको रौनक बढाएको छ । लक्ष्मी पूजा गर्नेको चहलपहलसँगै तिहार उल्लासमय बनेको छ । बिहान, साँझ र विशेष गरी रातिका बेला पूजा गर्नेको घुइँचो हुने गरेको छ । झिलीमिली बत्तीसँगै माइक बजाएर भजनकीर्तन र धार्मिक गीत बजाउँदा तिहारको माहोल बनेको छ ।
दुई वर्षअघिको कुरा हो । बाटोमा हिँडिरहेका बेला कपिलवस्तु नगरपालिका–२, तौलिहवाका श्रवणकुमार मौर्यलाई एक्कासि उडिरहेको कागको पखेटाले छोयो । त्यो दिन सम्झिँदै उनले सुनाए, ‘त्यसपछि म निकै आत्तिएँ । किनकि, कागले छोए दुःखकष्ट र अनिष्ट हुन्छ भन्ने सुनेको थिएँ ।’
विश्व शान्तिको कामना गर्दै लुम्बिनीबाट पिस टर्च सगरमाथा आधार क्षेत्र कालापत्थर लगिएको छ । उक्त पिस टर्च लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपबाट बौद्ध परम्पराअनुसार लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहारक्याल लामाले कीर्तिमानी सगरमाथा आरोही स्पिड काजी शेर्पालाई हस्तान्तरण गरेका हुन् ।
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीलाई कारबाहीको माग गर्दै कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई बिहीबार कार्यकक्षमै हातपात गर्दै गालीगलौज गरेका थिए । कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ वटा वडा कार्यालयबाट हुने सेवा प्रवाह रोकेपछि सेवाग्राही मारमा परेका छन् ।
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् । बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । त्यस बखत उनी संचारकर्मीसँग कुराकानी गरिरहेका थिए ।
चालक रामलाल रानालाई रातिको समय अटोरिक्सा चलाउन निकै डर लाग्छ । सकभर साँझ नहुँदै घर पुगिसक्छन् । महेन्द्रनगर बजार क्षेत्र तथा राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिमले निकै सावधान रहन्छन् । ‘कहाँनिर कतिबेला ठोक्किने हो थाहै हुँदैन,’ रानाले भने, ‘बजार, सडकभर छाडा चौपायाको हूल हुन्छ ।’ रातिको समयमा दुर्घटनाको जोखिम झनै बढी हुने उनले बताए ।
कडा सुरक्षा सतर्कता अपनाउँदै जिल्लाको विभिन्न ठाउँमा निकालिएका दुर्गा झाँकी बुधबार विसर्जन गरिएको छ । कतै घटस्थापना र कही सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा मूर्तिको झाँकी निकालेका थिए ।