मोहर्रम पर्वमा कपिलवस्तुका चार पालिकामा शुक्रबार बिदा

कपिलवस्तुका कृष्णनगर, महाराजगंज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले अत्यावश्यक बाहेकका कार्यालय र विद्यालयमा शुक्रबार बिदा दिएका छन्।

असार ११, २०८३

मनोज पौडेल

Holiday on Friday in four municipalities of Kapilvastu on the occasion of Muharram

कपिलवस्तु — मुस्लिम र हिन्दु दुवै समुदायले मनाउने गरेको मोहर्रम पर्वका लागि जिल्लाका चार स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।

कृष्णनगर, महाराजगंज र कपिलवस्तु नगरपालिका तथा यशोधरा गाउँपालिकाले अत्यावश्यक सेवाबाहेकका गाउँ तथा नगरपालिका कार्यालय, वडा कार्यालय, स्वस्थ्य संस्था र शैक्षिक संस्थामा बिदा दिएको हो । 

इस्लाम धार्मिक गुरु हजरते इमामे हुसेनको सम्झनामा मुस्लिम समुदायले उनको प्रतिक स्वरुप तहजिया बाबा (कागज र बास) प्रयोग गरेर बनाई मूर्तिको पूजाआजा गर्ने प्रचलन रहेको छ ।

यहाँका हिन्दु समुदायले पनि तहजियालाई पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यो पर्व मनाउने गर्छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully