लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले मन्त्रीलाई लुम्बिनी विकास गुरुयोजना र लुम्बिनीको ऐतिहासिक तथा पुराताात्विक महत्त्वबारे जाजकारी दिएका थिए ।
कपिलवस्तु — भुटानका गृहमन्त्री लियोन्पो छिरिङले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अवलोकन गरेका छन् । शनिबार बिहान उनले मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करणी पोखरी अवलोकन गरेका थिए ।
लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले मन्त्रीलाई लुम्बिनी विकास गुरुयोजना र लुम्बिनीको ऐतिहासिक तथा पुराताात्विक महत्त्वबारे जानकारी दिएका थिए ।
मन्त्री छिरिडसंगै भुटानका डेपुटी महासंघ राजा दोर्जी लोपेन रिम्पाछेसमेत आएका छन् । मन्त्रीको टोली भुटान सरकारले लुम्बिनीमा निर्माण गर्न लागेको विहार शिलन्यास गर्न आएको हो ।
लुम्बिनीको महायानी क्षेत्रमा भियतनाम विहारको दक्षिण तिर भुटानले विहार बनाउन लागेको हो । एक वर्ष अघिमात्र भुटान सरकारले विहार बनाउन कोषसँग सम्झौता गरेर जग्गा लिएको थियो ।
