पश्चिम नवलपरासीदेखि कपिलवस्तुसम्मका ५ वर्षे बालकदेखि ७५ वर्षे वृद्धसम्म योगाभ्यासमा सहभागी ।
लुम्बिनी — अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा बुद्ध जन्मस्थल लुम्बिनीमा स्थानीयदेखि लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसम्मले योग गरेका छन् । भारतीय दूताबास र लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा उनीहरुसँगै भातीय दूताबासका प्रथम सचिव नारायण सिंहले आधी घण्टा योगाभ्यास गरे ।
शनिबार बिहान लुम्बिनीस्थित शान्ति दीपमा योगाभ्यासका क्रममा करिब तीन सय सर्वसाधारण असिनपसिन बनेका थिए । पश्चिम नवलपरासीदेखि कपिलवस्तुसम्मका ५ वर्षे बालकदेखि ७५ वर्षे वृद्धसम्म योगाभ्यासमा सहभागी थिए । प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको भए पनि यहाँ भने एक दिनअघि नै मनाउने गरिएको छ ।
![From locals to provincial chiefs in yoga practice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/yoga-lumbinimanoj-photo1-2062026040855-1000x0.jpg&w=1001&h=0)
![From locals to provincial chiefs in yoga practice [Photos]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)