फेवातालमा डुंगा सररर...

वर्षातको मौसममा पनि स्वदेशीसँगै भारतीय पर्यटकको आगमनले पोखरा यतिबेला गुलजार छ ।

जेष्ठ २६, २०८३

मनोज पौडेल, दीपेन्द्र बडुवाल

Boats sailing on Fewa Lake...

पोखरा — मंगलबार बिहान पर्यटकीय नगरी पोखराको मौसम खुलेको थियो । ताल, पहाड र हिमाल छर्लङ्ग देखिएका थिए । क्षणमै बादल लाग्ने, पानी पर्ने र घाम लाग्ने पोखरामा मंगलबार बिहान लामो अवधि मौसम सफा रह्यो । त्यसको लाभ उठाउँदै पोखरा घुम्न आएका पर्यटक सबेरै फेवा तालमा पुगेका थिए ।तालमा पर्यटकको पहिलो रोजाइ सब बोट (सर्फिङ) बनेको देखियो । एक घण्टाको दुई सय रुपैयाँ तिरेर सर्फिङमा रमाउनेसँगै काठका डुंगामा ताल घुम्ने र तालबराही मन्दिर दर्शन गर्नेको संख्या पनि उल्लेख्य थियो । वर्षातको मौसममा स्वदेशीसँगै भारतीय पर्यटकको आगमनले पोखरा यतिबेला गुलजार छ ।

Boats sailing on Fewa Lake...
Boats sailing on Fewa Lake...
Boats sailing on Fewa Lake...
Boats sailing on Fewa Lake...
Boats sailing on Fewa Lake...
Boats sailing on Fewa Lake...
Boats sailing on Fewa Lake...
Boats sailing on Fewa Lake...

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

दीपेन्द्र

Link copied successfully