कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राप्ती सोनारी गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

आश्विन ३, २०८१
राप्ती सोनारी गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

नेपालगन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिकाले पूर्व-पश्चिम राजमार्गमा हुने सडक दुर्घटना उद्धार, सर्पदंशका बिरामीको उद्धार लगायत भैपरी आउने दैवी प्रकोपका पीडितको उद्धारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ  । 

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीलाई भे १ झ ३४१ नं को एम्बुलेन्स हस्तान्तरण गरे ।

सोही क्रममा सशस्त्र प्रहरीको कामलाई विश्वास गरेर थप जिम्मेवार बनाउन पालिकाले हस्तान्तरण गरेको एम्बुलेन्सले उद्धार समवन्यमा सहयोग पुर्‍याउने सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति क्षेत्रीले बताए ।

'यो पालिका निकुञ्जको मध्यवर्ती क्षेत्रसंग र राजमार्गसंग जोडिएको छ । यहाँ दैनिक सडक दुर्घटनासँगै सर्पदंशका घटनाहरु हुने गर्छन् । यस्तो अवस्थामा बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकियोस् भन्नका लागि सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेका हौं,' उनले भने ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले राजमार्गमा दैनिकजसो हुने सडक दुर्घटनाहरुमा घाइतेको उद्धार र अन्य दैवी प्रकोपमा सुविधाका लागि गाउँपालिकाद्वारा एम्बुलेन्स हस्तान्तरण भएपछि सेवा प्रवाहमा सहज हुने बताए ।

प्रकाशित : आश्विन ३, २०८१ १७:२७
×