बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रकाशबहादुर शाही र निर्मला रोकाय निर्वाचित भएका छन् । शाहीले नेकपा एमालेका घननाथ खनाललाई १ हजार ७९८ मतान्तरले पराजित गरे ।
नेपालगन्ज उपमहानगरपालिका –२० को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) कौशल कुमार धोबी निर्वाचित भएका छन् । उनले १ हजार ५ सय ३५ मत पाएका छन् । यहाँ जसपाको प्यानल नै विजयी भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । १ हजार २ सय मत गणना हुँदा एमालेका अध्यक्ष उम्मेदवार रामदाश थारु ४ सय ३६ मतसहित अग्रता लिएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एक हजार दुई सय मत गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार रामदाश थारुले ४३६ मत अग्रता लिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा १ सय ९८ मतगणना हुँदा नेपाली कांग्रेसका प्रशान्त विष्टले ७९ मतका साथ अग्रता लिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयको हलमा मतगणना सुरु भएको हो । शनिबार बिहान ८ बजेबाट गणना सुरु हुने भनिए पनि घण्टौंपछि सुरु भएको हो ।
मुस्लिम समुदायको बाहुल्य बसोबास रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा महिला मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बुर्का र घुम्टोभित्र रहेका महिलाहरूसमेत मतदानमा उत्साहपूर्णरुपमा सहभागी भएका छन् । खुला र सक्रिय राजनीतिबाट टाढै रहेका ती महिला काखे बच्चा च्यापेरै पनि मतदानस्थल पुगेका छन् ।
भारोत्तोलन खेलाडी सन्जु चौधरीको शवमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवास पुगेर बुधबार बिहान मन्त्री गहतराजले राष्ट्रिय झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
कोठामा राखिएको सिसाका र्याक पदक, प्रमाणपत्र र पुरस्कारले भरिएका छन् । सम्मानका फोटोहरूले घरका कोठा सजिएका छन् । तिनै सम्मानले उनको कोठामा रौनकता थपिएको छ । तर, मंगलबार नेपालगन्ज उपमहानगरपालिका–१० स्थित सन्जु चौधरीको घरको वातावरण स्तब्धपूर्ण थियो ।
नेपालगन्जस्थित जमुनाह नाकामा भने भारतीय सहरहरूमा बस्ने आफन्त भेट्न पुगेका नेपालीहरू घर फर्कंदै छन् । नाका मंगलबार रातिदेखि बन्द हुने भएपछि घर फर्कने नेपालीहरूको घुइँचो छ । नाका पार गर्न तेल बोकेका ट्रक/गाडीहरूको लस्कर छ ।