कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

आश्विन ३, २०८१
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

नेपालगन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिका-४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पाँच जनामध्ये भे १२ प ३१९५ नम्बरको मोटरसाइकलका चालक राप्ती सोनारी-४ बैजापुरका रामशरण थारुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो भने भे १२ प ४८२८ नम्बरको मोटरसाइकल चालक राप्ती सोनारी-३ खैरेनीका बसन्त थारुको उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीले दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते रहेको बताए । उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको यामाहा मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १२ प ४८२८ नम्बरको होण्डा मोटरसाइकल बुधबार बेलुका एक आपसमा ठोक्किएका थिए।

सो दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै मोटरसाइकलमा सवार खैरेनी बस्ने संजय थारु, संगिन थारु र अजय थारुलाई गम्भीर चोट लागेको छ । उनीहरुको नेपालगन्जस्थित नरसिग होममा उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन ३, २०८१ १५:२८
×