कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लागूऔषधसहित तीन जना पक्राउ

आश्विन ३, २०८१
लागूऔषधसहित तीन जना पक्राउ

भैरहवा — लागूऔषध कारोबारमा संलग्न आरोपमा प्रहरीले रुपन्देहीको भैरहवाबाट तीन जनालाई पक्राउ गरेको छ । सदरमुकाम सिद्धार्थनगर–४, लुम्बिनी रोडमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट विभिन्न लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जिल्ला प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरु सवार मोटरसाइकल र स्कुटर रोकेर जाँच गर्ने क्रममा लागू औषध बरामद गरिएको हो ।

उक्त लागूऔषधसहित प्रहरीले मर्चवारी गाउँपालिका–१, शैलेसकुमार सहानी, कोटहीमाई–२, का रामकरण हरीजन र भारतको महाराजगन्जस्थित नौतनवाका सुरज कुम्हाललाई पक्राउ गरिएको एसपी राठौरले बताए ।

जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी मनोहरप्रसाद भट्टका अनुसार उनीहरुबाट फेनरागन ६ सय एम्फुल, डाइजेपाम ६ सय एम्फुल, टालजेसिक ६ सय एम्फुल, लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम बरामद गरिएको छ । साथै लु११प ४१०२ नम्बरको मोटरसाइकल र लु३३प ७२६ नम्बरको स्कुटर बरामद गरिएको छ ।

प्रकाशित : आश्विन ३, २०८१ ०९:२६
×