पाल्पामा ३९ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका १५ र जिल्लाभित्रका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार र मंगलबार जाँच गर्दा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–चिडियाखोला (सिद्धबाबा) खण्ड कालोपत्र उप्किएर धुलाम्मे भएको छ । पाँच किलोमिटर यो सडक मर्मत नगर्दा यात्रु धूलोले हैरान भएका हुन् ।
नयाँ वर्षको अवसरमा बुधबार लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा घुमफिर गर्नेको भीड लाग्यो । तराईका प्रमुख पर्यटकीय क्षेत्र लुम्बिनी, बाँके र बर्दिया निकुञ्जमा सर्वसाधारण ओइरिएपछि चहलपहल बढेको हो ।
चीन र भारत जोड्ने कालीगण्डकी करिडोर लोकमार्गको ट्र्याक खुलेको छ । आर्थिक मेरुदण्डका रूपमा प्रचार गरिएको करिडोर अन्तर्गत यसअघि पाल्पाको बगनासकाली–६, यम्घा मन्द्रानमा लामो समयसम्म ट्र्याक खुल्न सकेको थिएन ।