कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

तीन तहकै सरकारले खेलकुद क्षेत्रमा बजेट पर्याप्त विनियोजन गर्नुपर्छ : सभामुख घर्तीमगर

माधव अर्याल

पाल्पा — लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले तीन तहकै सरकारले खेलकुदको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । उनले खेलकुदको क्षेत्रमा स्थानीय सरकारले विनियोजन गरे पनि प्रदेश र संघको खासै चासो नभएको बताए । 

तीन तहकै सरकारले खेलकुद क्षेत्रमा बजेट पर्याप्त विनियोजन गर्नुपर्छ : सभामुख घर्तीमगर

पाल्पाको रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता उद्घाटन गर्दै सभामुख घर्तीले खेलकुदले युवालाई बौद्धिक, शारीरिक, मानसिक, शारीरिक विकासका साथै गलत कार्यबाट जोगाउन सकिने बताए । ‘खेलबाट नै युवालाई अनुशासनमा राख्न सकिन्छ,’ उनले भने, ‘त्यसैले पनि नियमपालन गर्न सिक्दासिक्दै युवामा जिन्दगीको नियम पालना गर्दै अनुशासित बन्ने छन् ।’

उनले २०७५ सालमा लुम्बिनी प्रदेश सरकारले एक पालिका एक खेलमैदान अवधारणा ल्याए पनि त्यसपछिका दिनमा खासै चासो नभएको बताए । प्रदेशका १ सय ९ तहमा सुरुआत भएका खेलमैदान अझैसम्म व्यवस्थित हुन नसक्नु भनेको पर्याप्त बजेट विनियोजन नहुनु नै भएको उनले बताए ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले प्रदेशबाट पालिकास्तरीय खेलमैदानका लागि पर्याप्त बजेट नपाएको बताए । उनले सबैको सहयोगबाट पालुङमैनादीको डबकामा खेलमैदान बनेको तर प्रदेश सरकारको अलग्गै कार्यक्रमबाट बनाइएको उनले बताए । ‘युवा, महिला सम्पूर्णमा खेलकुद र खेलमैदानप्रति सबैको चासो छ,’ उनले भने, ‘विगतमा विभिन्न स्थानमा खेल आयोजना गरे पनि यस खेल मैदानलाई चिनाउने उपयुक्त मौका भएको छ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, वडा ७ का वडाध्यक्ष दानबहादुर कुँवर, युवा तथा खेलकुद विकास समिति रिब्दीकोटका अध्यक्ष झपिन्द्र पचभैया लगायतले रिब्दीकोटको पहिचान भलिबल खेल भएको र खेलकुदको माध्यमबाट युवालाई क्रियाशील बनाउन खोजिएको बताएका छन् । नवनिर्मित खेलमैदानमा प्रतियोगिता आयोजना गर्दा यसको प्रचारप्रसारका लागि पनि सहयोग पुग्ने स्थानीय सुवास कार्कीले बताए ।

अध्यक्ष कप प्रतियोगितामा महिला तथा पुरुषतर्फ ८ वटै वडाबाट टिमको सहभागिता रहेको छ । सोमबारसम्म संचालन हुने प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कारका साथै ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।

यस्तै महिलातर्फ पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगदका साथै ट्रफी, प्रमाणपत्र र मेडल पाउने युवा तथा खेलकुद विकास समितिका अध्यक्ष पचभैयाले बताए ।

प्रकाशित : वैशाख ९, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?