२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

लुम्बिनीमा ४ सय २१ स्थानमा आगलागीका घटना, ५ जनाको मृत्यु  

देउखुरी (दाङ) — वैशाख महिनामा आगलागी र डढेलोबाट ५ जनाको मृत्यु र १७ जना घाइते भए । ४ सय २१ स्थानमा आगलागी र वन डढेलोका घटना भए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका अनुसार वैशाख २५ गतेसम्म पहाडी र तराइका जिल्लामा गरी आगलागीबाट ३ सय ६४ घरमा पूर्ण क्षति, ४१ घर आंशिक क्षति भएको र ३ सय ६० वटा गोठ जलेर नष्ट भएका छन् । ४ सय ५८ पशु चौपाया मरेका छन्  । 

लुम्बिनीमा ४ सय २१ स्थानमा आगलागीका घटना, ५ जनाको मृत्यु  

मंगलबार र बुधबार पानी परेकाले आगलागीका घटना भएका छैनन् । वनमा लागेको आगो हावाहुरीका कारण धेरै ठाउँमा घरगोठमा सल्किएको छ । वैशाखमा सबैभन्दा धेरै प्युठान र कम रुकुम पूर्वमा आगलागीका घटना भएका छन् । वैशाख २० देखि २५ गतेसम्म विभिन्न जिल्लामा ५३ वटा आगलागीका घटना भए ।

पहाडी जिल्ला अर्घाखाँचीमा ५५, गुल्मीमा २१, पाल्पामा २४ र रोल्पामा २३ वटा घटना भए । तराइका दाङमा ३२, बाँकेमा २२, बर्दियामा २३, रुपन्देहीमा २२, कपिलवस्तु ३४ र नवलपरासी पश्चिममा १५ वटा वैशाख २० गतेसम्म आगलागीका घटना भएको जिल्लागत विवरणमा उल्लेख छ ।

मंगलबारदेखि पानी परे पनि आगलागीका घटना भएका छैनन् । सुख्खा मौसम, वनमा लागेको आगो बस्तीसम्म पुगेको मन्त्रालयका सचिव लालबाबु कवारीले बताए । आगलागी प्रभावित क्षेत्रमा प्रदेश सरकार, रेडक्रस, स्थानीय तह र विभिन्न संघसंस्था व्यक्तिले राहत उपलब्ध गराएका छन् । प्रदेशबाट त्रिपाल, टेन्ट र पिफर्म उपलब्ध गराइएको उनले बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा विपतबाट प्रभावित परिवारलाई राहत स्वरुप ७२ लाख ९५ हजार र पुनर्निर्माणका लागि १ करोड ९८ लाख ३० हजार गरी २ करोड ७१ लख २५ हजार रुपैयाँ रकम वितरण गरेको उनले बताए । नयाँ वर्ष सुरु भएसँगै लुम्बिनी प्रदेशमा आगलागीका घटनाले स्थानीयमा त्रसित बनाएको थियो । लुम्बिनीका १२ जिल्लाका ९३ वटा नगरपालिका तथा गाउँपालिका आगलागीबाट प्रभावित भएको छ ।

आगलागीका घटना बढ्पेछि संसदमा समेत राहत उपलब्ध गराउने विषयमा कुरा उठेको थियो । विपद् व्यवस्थापन समितिका पदाधिकारीसहित आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी प्रभावित जिल्ला र पालिकाहरूमा स्थलगत भ्रमण तथा अनुमगन गरेका थिए । सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको छ ।

प्रकाशित : वैशाख २६, २०८१ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?