कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लागूऔषधसहित चार जना पक्राउ 

कमल पन्थी

बर्दिया — प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२, फटाहास्थित नेपाल–भारत सिमानामा शंकास्पद रूपमा भारतबाट लुकीछिपी आइरहेको अवस्थामा शंका लागि चेक गर्दा २ सय मिलिग्राम उक्त पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित चार जना पक्राउ 

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले पुरियामा राखिएको उक्त पदार्थसहित बाँके खजुरा गाउँपालिका–६ का २६ वर्षीय मनोजसिंह ठकुरी, सोही ठाउँका २३ वर्षीय विशाल परियार,कोहलपुर नगरपालिका–१४ का २७ वर्षीय सुनीलसिंह ठकुरी र २८ वर्षीय गणेशसिंह ठकुरी पक्राउ परेको बताए ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी अर्यालले जनाए ।

प्रकाशित : जेष्ठ ६, २०८१ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×