कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रेशम चौधरी पक्षको निर्णयलाई लुम्बिनी प्रदेश सभाले दिएन मान्यता

नागरिक उन्मुक्ति पार्टी विवाद
धर्मबहादुर चौधरी नै दलको नेता कायम
घनश्याम गौतम

बुटवल — नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी पक्षले लुम्बिनी प्रदेशमा दलको नेता परिवर्तन गर्ने गरेको निर्णय प्रदेश सभाले अस्वीकृत गरिदिएको छ । प्रदेश सभाका सभामुख तुलाराम घर्तीले पार्टीको बैठक र निर्णयमाथिनै आशंका व्यक्त गरेका छन् । उनले पार्टीको निर्णय अस्वभाविक देखिएको भन्दै दल नेता फेर्ने सिफारिस फिर्ता गरिदिएका हुन ।

रेशम चौधरी पक्षको निर्णयलाई लुम्बिनी प्रदेश सभाले दिएन मान्यता

साउन ७ गते नागरिक उन्मुक्तिका ३ प्रदेश सभा सदस्यको निर्णय भन्दै रेशम चौधरी पक्षले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका धर्मबहादुर चौधरीलाई संसदीय दलको नेताबाट हटाएर राजकुमार चौधरीलाई चयन गरिएको जानकारी प्रदेश सभामा गराएको थियो । सभामुख घर्तीले बिहीवार उक्त सिफारिस बैधानिक नदेखिएको भन्दै धर्मबहादुर चौधरी नै दलको नेता रहेको पत्र रन्जिता पक्षलाई दिएका हुन ।

प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै छन् । दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् ।

संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक फेर्ने निर्णय गरेर प्रदेश सभा सदस्य राजकुमार चौधरीले आफूलाई संसदीय दलको नेता तोकेर निवेदन पेश गरेका थिए । सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा प्राप्त भएको निवेदन र निर्णयहरुलाई अध्ययन गर्दा शंकास्पद भएको भन्दै मान्यता नदिएको बताए ।‘निर्णय पुस्तिका पनि शंकास्पद छ । निवेदनमा पनि विधान अनुसारको दफाहरु कुनै तोकिएको छैन,’ सभामुख घर्तीले भने,‘नयाँ पत्र पेश गर्न भनेर फिर्ता पठाएका छौं ।’ संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरणसहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो । बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको उल्लेख थियो ।

तर दलका नेता धर्म चौधरीले यसलाई अवैध भनेका थिए । उनले बहुमत पक्ष आफूहरू सँगै भएको र निर्मलादेवी थारूलाई जबरजस्ती हस्ताक्षर गराएको दावी गर्दै आएका थिए ।एमाले कांग्रेसको गठबन्धन सरकारमा आफू सहभागी हुने धर्मबहादुरले बताए । ४ सांसद रहेको लुम्बिनीमा ३ सांसदहरू आफूतिर रहेको दावी उनले गरेका छन ।

प्रकाशित : श्रावण ११, २०८१ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×