कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

हराइरहेकी वृद्ध महिलाको शव चुनबाङ खोलामा भेटियो

भाद्र २२, २०८१

रोल्पा — उत्तरी रोल्पाको परिवर्तन गाउँपालिका-४ स्थित कुंग्री पाछावाङनजिकै रहेको चुनबाङ खोलामा वृद्ध महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार शनिबार खोलामा शव भेटिएको हो। उक्त शव दुई दिनअघि हराइरहेकी रुकुम पूर्वस्थित भूमे गाउँपालिका-९ चुनबाङ- सिमलबोट घर भएकी बलकुमारी पुनको भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले पुष्टि गरेका छन्।

भदौ २० मा ती महिला हराइरहेको र खोजीका लागि स्थानीय प्रहरीलाई जानकारी गराइएको रोल्पा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी नायब निरीक्षक मधु मरासिनीको नेतृत्वमा अनुसन्धान टोली पुगेको छ। घटनास्थल रोल्पा सदरमुकाम लिवाङदेखि करिब ६० किलोमिटर उत्तरमा पर्छ।

प्रकाशित : भाद्र २२, २०८१ १७:५८
×