रोल्पाको चर्चित धार्मिक स्थल जलजला लामो समयदेखि सीमा विवादमा जकडिएको छ । जलजला रोल्पा नगरपालिकासहित थबाङ र सुनछहरी गाउँपालिकाको सीमामा पर्छ । तीनै पालिकाका जनप्रतिनिधिले जलजला आ–आफ्नो क्षेत्रमा पर्ने दाबी गर्दै आएकाले सीमा विवाद बढेको हो ।
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार साँझ ६ बजेतिर पश्चिम रोल्पाको गंगादेव गाउँपालिका–४ सिस्नेमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिजुलीको तार जोड्ने क्रममा भीरबाट लडेर पूर्वी रोल्पामा एक जनाको मृत्यु भएको छ। मंगलबार बेलुका तार तान्ने क्रममा सुनछहरी गाउँपालिका-५ पोवाङका ४२ वर्षीय हिकलाल पुन 'हिमाल' को घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका-६ बाजबोट गाउँमा रहेको भानु आधारभूत विद्यालयमा शनिबार राति आगलागी भएको छ। आगलागीबाट विद्यालयको मुख्य कार्यालयभित्र रहेका सामग्री जल्दा करिब १० लाख क्षति भएको स्थानीयले दाबी गरेका छन्।
प्रदेशसभा र प्रतिनिधि सभाका लागि रोल्पाबाट एमाले र माओवादी केन्द्रले यो पटक नयाँलाई समानुपातिक सांसद बनाएका छन् । एमालेले जिल्लाबाट दुवै तहमा एक/एक जनालाई सांसद बनाएको छ भने माओवादी केन्द्रले प्रदेशसभामा एक जनालाई सांसद बनाएको हो ।
अदालतले हत्या अभियोगमा दोषी ठहर गरेको २९ वर्षपछि रोल्पामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्या अभियोगको फैसलापछि फरार त्रिवेणी–७ गैरीगाउँको राम्मी धुलसीबोट निवासी ५३ वर्षीय अमरबहादुर डाँगी मंगलबार रोल्पाको डुब्रिङबाट पक्राउ परेका हुन् ।
द्वन्द्वकालमा माओवादीको प्रभाव क्षेत्र रहेको रोल्पामा पछिल्ला निर्वाचनमा उक्त पार्टीले नै वर्चस्व कायम गर्दै आएका छन् । शान्ति प्रक्रियामा आई चुनावमा सहभागी भएयता यहाँ माओवादीले निरन्तर चुनाव जित्दै आएको हो ।
माओवादी केन्द्रका रोल्पाली नेता दीपेन्द्रकुमार पुन प्रदेशसभा चुनावमा आफूले टिकट पाउनेमा ढुक्क थिए । रोल्पा प्रदेशसभा २ बाट नाम सिफारिसमा परेकाले उनी निर्वाचनको तयारीमा थिए । मनोनयन दर्ताका बेला कांग्रेस नेता अमरसिंह पुनलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी पाए ।
पश्चिम रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँ निवासी तत्कालीन हुलाक कार्यालयका कर्मचारी त्रिसन घर्तीमगरलाई घरैबाट तत्कालीन माओवादी कार्यकर्ताले कब्जामा लिई बेपत्ता बनाएको २० वर्ष पुग्यो । धेरैपटक हारगुहार गर्दा पनि परिवारले न न्याय पायो, न त त्रिसनको शव नै । घरमूली नै हराउँदा परिवारले चारैतिरबाट क्षति व्यहोर्नुपर्यो ।