रोल्पा बस दुर्घटना : ४ जनाको अवस्था गम्भीर

घाइते सबैको उपचार भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए

असार २४, २०८३

काशीराम डाँगी

Rolpa bus accident: Condition of 4 people critical

काठमाडौँ — रोल्पामा बुधबार भएको बस दुर्घटनाका १४ घाइतेको पहिचान खुलेको छ । तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँकी २५ वर्षीया जुनमाया पुनमगर, त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ रामीका १९ वर्षीय अम्मर झाँक्री, परिवर्तन गाउँपालिका–२ राङ्सीका ३९ वर्षीय रामबहादुर घर्तीमगर तथा रोल्पा नगरपालिका–३ क्युरीकी २५ वर्षीया मनिषा विक रहेका छन् । उनीहरूको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

घाइते हुनेमा दाङ घोराही उपमहानगरपालिका–१६ सर्राकी ५० वर्षीया सुनिता घर्तीमगरको ढाड र टाउकोमा चोट लागेको छ । रोल्पा  माडी गाउँपालिका–२ की ३० वर्षीया सुनिता बुढामगर, परिवर्तन गाउँपालिका–४ की ४५ वर्षीया मिरा बुढा, माडी गाउँपालिका–२ का २९ वर्षीय विशाल परियार, माडी गाउँपालिका–५ भावाङकी २९ वर्षीया शर्मिला घर्ती, माडी गाउँपालिका–२ का २६ वर्षीय चन्द्रवीर पुन (चालक), रोल्पा नगरपालिका–७ कोर्चाबाङका ४० वर्षीय टेकबहादुर सार्की, परिवर्तन गाउँपालिका–४ पाछाबाङका १७ वर्षीय शिवशक्ति बुढामगर, परिवर्तन गाउँपालिका–३ हाइवाङका २३ वर्षीय विशाल डाँगी तथा माडी गाउँपालिका–२ की ६८ वर्षीया भीमा पुन सामान्य घाइते भएका छन् ।

घाइते सबैको उपचार भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको रोल्पाका प्रहरी प्रमुख प्रनाउ पन्चकुमार बाखुले बताए । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully