कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

लुम्बिनीमा कांग्रेस सचेतक गिरीले पनि दिइन् राजीनामा

भाद्र ३१, २०८१
लुम्बिनीमा कांग्रेस सचेतक गिरीले पनि दिइन् राजीनामा

देउखुरी — कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् । उनले दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएकी हुन्।

उनले आइतबार मात्रै ५ जना महिला सांसद लिएर चौधरीलाई सरकारमा कांग्रेसबाट एक जना महिला मन्त्री बनाउन डेलिकेसन बुझाएकी थिइन् । पछिल्लो कांग्रेस-एमाले गठबन्धन सरकारमा उनी मन्त्रीको आकांक्षी थिइन् ।

उनी प्यूठानबाट समानुपातिक सांसद हुन् । यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिएका थिए । तिमल्सिना पनि अन्तिममा मन्त्री बन्नबाट रोकिएका थिए ।

प्रकाशित : भाद्र ३१, २०८१ १७:२९
x
×