कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

यात्रुवाहक विंगर दुर्घटना हुँदा १२ यात्रु घाइते

आश्विन २, २०८१
यात्रुवाहक विंगर दुर्घटना हुँदा १२ यात्रु घाइते

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको ठाकुरबाबा नगरपालिका–१ अम्रनी पोष्ट नजिक यात्रु बाहक विंगर दुर्घटना हुँदा बुधबार १२ यात्रु घाइते भएका छन् । अम्रेनी पोष्टदेखि करिब २ किमी पश्चिम उक्त दुर्घटना भएको हो ।

धनगढीबाट नेपालगन्ज तर्फ गइरहेको से १ज १०२८ नम्बरको विगंर सडकदेखि दश मिटर तल खसेकोडुबेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुदीप खड्काले बताए । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले जनाए । अन्य घाइते सामान्य रहेका छन् । घाइतेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०८१ १२:३८
x
×