बाख्रा चराउन जंगल गएकी एक महिलालाई बाघले आक्रमण गर्दा मंगलबार साँझ करिब साढे ५ बजे मृत्यु भएको छ । मधुवन नगरपालिका—२ कोठिया गाउँकी ४९ वर्षीया कौशिका पाललाई बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रविण विडारीले जानकारी दिए ।
नेकपा एमालेले स्थानीय तह निर्वाचनमा प्रमुख लगायत अन्य पदको उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टीको निर्णयविपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ पार्टी कार्यकर्तालाई कारबाही गरेको छ ।
स्थानीय पालिका निर्वाचन सम्पन्न भएपछि शुक्रबार आठ पालिकाका प्रमुखलाई जिल्ला समन्वय समितिको सभाकक्षमा शपथ गराइएको छ । जिल्लाको आठ पालिकाका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले शपथ गराएका हुन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा कांग्रेसबाट मेयर पदमा उम्मेदवार तिलक राम लम्सालले विजय हासिल गरेका छन् । उनले माओवादी केन्द्रका नेत्रराम आचार्यलाई २ हजार २ सय २४ मतले पराजित गरे ।
गुलरिया नगरपालिकाको प्रमुखमा कांग्रेस उमेदवार मुक्तिनाथ यादव पुन:दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी एमालेका अमरबहादुर खडकालाई १ सय ७८ मतको अन्तरले पराजित गरेका हुन् ।
जिल्लाको राजापुर नगरपालिकामा माओवादी केन्द्रका दिपेश चौधरी नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेसका प्रमुखका उम्मेदवार दिपक जंग शाहलाई ४७ मत अन्तरले हराए ।
मधुवन नगरपालिकामा कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिएका तेजबहादुर भाट निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्मालाई ८ सय ४४ मतान्तरले पराजित गरेका छन् ।
गुलरिया नगरपालिका ४ का अजमेर अली नाउ एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्यो । घोषणालगत्तै उनका समर्थकले खुसियाली मनाउँदै र्याली निकाले ।
सदरमुकाम गुलरिया नगरपालिका–१ मा कांग्रेसको वडाध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार जोगिराम थारुसहित पूरै प्यानल विजयी भएको हो ।
बर्दियाका ८ पालिकामा मतगणना सुरु भएको छ । गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा, बासगडी बार बर्दिया नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा मतगणना सुरु निर्वाचन कार्यालयले जनाएको छ ।