अर्घाखाँचीका ६ स्थानीय तहमा प्रमुख/उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १२ पदमध्ये ८ पदमा विजयी भएपछि एमाले अर्घाखाँचीमा पहिलो दल बनेको छ । कांग्रेससहितको ५ दलीय गठबन्धन चार पदमा मात्रै विजयी भयो ।
माछा मार्ने क्रममा काका भतिजकाे खाेलामा डुबेर दुई जनाकाे मृत्यु भएको छ । शितगंगा नगरपालिका-७ र ९ काे सीमानामा पर्ने शितखाेलामा प्युठान नाैबहिनी गाउँपालिका-८ फाेप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाइका छाेरा १२ वर्षीय समुलाल घर्तीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्ने क्रममा काका–भतिजकाे खाेलामा डुबेर मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा ७ र ९ काे सीमानामा पर्ने शितखाेलामा प्युठान नाैबहिनी गाउँपालिका–८ फाेप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाइका छाेरा १२ वर्षीय समुलाल घर्तीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
शितगंगा नगरपालिका–१२ को वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चोपबहादुर घर्ती र एमाले उम्मेदवार सञ्जय रानाका दुवैले बराबरी मत पाएपछि गोलाप्रथाबाट कांग्रेसका घर्ती विजयी भएका छन् । दुवै मत परिणाम समान ७ सय ६८ आएपछि विवाद हुँदा घोषणा गर्न बाँकी रहेको वडाध्यक्षलाई दुई दिनपछि गोलाप्रथाबाट विजेता घोषणा गरिएको हाे ।
सदरमुकामको सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनको तर्फबाट कांग्रेसकी शान्ता भण्डारीलाई १ हजार ८ सय १ मतान्तरले पराजित गरे । श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याएर सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भए । भण्डारीले ९ हजार ३ सय ३४ मत ल्याइन ।
भुमिकास्थान नगरपालिका प्रमुख र उपप्रमुख पदमा ५ दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा राष्ट्रिय जनमाेर्चाका झविलाल थापाले एमालेका उम्मेदवार रेशम थापालाई ८ सय मतान्तरले पराजित गरेका छन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार भारी मतका साथ विजयी भएका छन् । भट्टराईले ८ हजार २ सय ८३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए ।
छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित भएका छन् । यहाँ पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल थियो । अध्यक्षमा निर्वाचित श्रेष्ठले एमालेका उम्मेदवार दीपक पन्थीलाई १ सय ८३ मतान्तरले पराजित गरेका हुन् ।
मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् । निकटम प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक मतान्तरले पराजित गरेका हुन् ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवं पूर्वजिल्ला सभापति विष्णुप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अर्घाखाँचीका स्थानीय तहमा कांग्रेस उम्मेदवारले जित्ने संकेत देखा नपरेपछि खनालले राजीनामा दिएका हुन् ।