लु १ क ५१३३ नम्बरको टिपरको ठक्करबाट मालारानी गाउँपालिका-५ थाम्क गाउँका ३२ वर्षका उमेश खत्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिवस जिसीले बताए ।
अर्घाखाँची — सालझन्डी-सन्धिखर्क- ढोरपाटन सडक खण्डको टारी बजारमा टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सो सडक खण्डको हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिपरले ठक्कर दिँदा मालारानी गाउँपालिका-५ थाम्क गाउँका ३२ वर्षका उमेश खत्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिवस जिसीले बताए ।
खत्री बाटो छेउमा हिँडिरहेका बेला तीव्रगतिमा आएको टिपरले ठक्कर दिएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
