अर्घाखाँची-१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्करनाथ आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
What you should know
अर्घाखाँची — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँची-१ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्करनाथ आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले सोमबार विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् ।
उम्मेदवारी मनोनयनपछि गाउँमा मतदातासँग भोट माग्दै हिँडेका आचार्यले अहिलेको अवस्थामा देशको असहजताको कारण आसन्न चुनाव सहज ढंगबाट हुन नसक्ने हुँदा उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उनले प्रलोपाका मतदातालाई स्वविवेकले मतदान गर्न अपिल गरेका छन् । आफ्नो मत सुशासन, समृद्धि, अग्रगमन र सामाजिक न्यायको लागि हुने बताएका छन् ।
