बाग्लुङबाट रास्वपाले गंगा छन्त्याल, कांग्रेसले रेनुका काउचा र नेकपाले बलावती शर्माको नाम चयन गरी निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
बाग्लुङबाट रास्वपाले गंगा छन्त्याल, कांग्रेसले रेनुका काउचा र नेकपाले बलावती शर्माको नाम चयन गरी निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाले भने- निर्वाचन आयोगले रूजु गर्छ र प्रमाणीकरणको प्रक्रिया हुन्छ । त्यसपछि निर्वाचन आयोगले सो नामहरू सार्वजनिक गर्छ । राजनीतिक र कानुनी रूपमा आयोगले नामहरू प्रमाणित नगरेसम्म ती नाम हाम्रोतर्फबाट प्रस्तावित नाम मात्र हुनेछन् ।
सुदूरपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सह–प्राध्यापक डा. भूपेन्द्र विष्ट विगतमा अन्तरर्घात हुँदा एक अर्को दलमा जाने सबै खाले भोट यसपटक घण्टी चिन्हमै गएको अनुमान गर्न सकिने बताए ।
बागमती प्रदेश निर्वाचन आयोग कार्यालयका अनुसार रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ ।
यसपटकको निर्वाचनमा केही उम्मेदवारले मतदातालाई रिझाउन बीच बाटोमै लम्पसार परेर खुट्टा ढोगे भने केहीले मतदाताले जे काम गरिरहेका छन् त्यही काम गरे । रोटी बेल्ने, जेरी बनाउने, खेतबारीमा काम गर्ने, तरकारी केलाउनेसम्मका काम गर्न उम्मेदवारहरू पछि परेनन् ।
नयाँ प्रतिनिधिसभामा ४० वर्षसम्मका ६१ युवा सांसद प्रवेश गरेका छन्, जसमध्ये सबैभन्दा कान्छा २५ वर्षीय प्रशान्त उप्रेती (मकवानपुर–२) र सबैभन्दा कान्छी महिला २९ वर्षीया निशा डाँगी (झापा–१) हुन्। रास्वपाबाट बहुमत युवा विजयी भएका छन् भने सुलभ खरेल, बालेन्द्र शाह, विपिन आचार्य र रुबिना आचार्यजस्ता युवाले ठूला दलका शीर्ष नेताहरूलाई पराजित गरेका छन्।
प्रतिनिधि सभाको निर्वाचनका लागि नुवाकोट-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि उनले त्यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने चुनौती थियो ।
कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ जनामध्ये लगातार निर्वाचित हुने अवसर यसपटक मोहन आचार्यले पाएका छन् ।
नेकपा संयोजक पुष्पकमल दाहालको परिवारबाट ३ जना उम्मेदवार थिए तर उनी मात्र विजयी भए । एमाले उपमहासचिव रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो उम्मेदवार भए पनि दुवै पराजित भए ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीको नियुक्ति लिइसकेपछि काममा खटिएकै अवस्थामा विभिन्न १० जिल्लाका १३ जना निर्वाचन प्रहरीको ज्यान गएको हो ।
५ मंसिर २०४६ मा जन्मिएकी उनी यसअघि २०७९ मा रास्वपाबाट समानुपातिक उम्मेदवार थिइन् । यसपटक प्रत्यक्षमा लडेकी पुष्पाकुमारी चौधरी ३० हजार ३ सय ४८ मतान्तरले निर्वाचित भइन् ।
घाइतेहरूको ‘घाउमा मह्लम’ लगाउने आशिका अब संसद्मा पुगेकी छिन् । उनको प्रण छ– म आफ्नो जिम्मेवारी निर्वाह गर्नेछु ।
गौतमले सबैभन्दा बढी खर्च सवारी साधनमा गरेको उल्लेख छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ खसेको मतमध्ये ४ हजार ८८३ मत बदर भएको छ भने समानुपातिकतर्फ ३ हजार ५९४ मत बदर भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कुल १ लाख ४९ हजार १ सय ८६ मत पाएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार बुधबारसम्म कुनै पनि उम्मेदवारले निर्वाचन खर्चको आधिकारिक विवरण पेस गरेका छैनन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाको २ निर्वाचन क्षेत्रबाट ३६ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
समानुपातिक मत अनुसार कांग्रेस दोस्रो, नेकपा तेस्रो र एमाले चौथो दल बनेको छ ।
२०६४ पछिको माओवादी विरासतको निरन्तरताका रुपमा गोपाल शर्मा पहिलोपटक संसद छिर्दै गर्दा जनार्दन शर्माको १८ वर्षदेखिको संसदीय यात्रामा भने हाललाई बिराम लागेको छ ।