पुष्पाकुमारी चौधरी: अनमिदेखि सांसदसम्म

५ मंसिर २०४६ मा जन्मिएकी उनी यसअघि २०७९ मा रास्वपाबाट समानुपातिक उम्मेदवार थिइन् । यसपटक प्रत्यक्षमा लडेकी पुष्पाकुमारी चौधरी ३० हजार ३ सय ४८ मतान्तरले निर्वाचित भइन् ।

फाल्गुन २८, २०८२

विद्यानन्द राम

Pushpa Kumari Chaudhary: From UNM to MP

राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलियाकी पुष्पाकुमारी चौधरी सांसद बनेकी छन् । अनमि पढेकी उनी सप्तरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदमा निर्वाचित भएकी हुन् ।

५ मंसिर २०४६ मा जन्मिएकी उनी यसअघि २०७९ मा रास्वपाबाट समानुपातिक उम्मेदवार थिइन् । तर, थारु सूचीको पाँचौं नम्बरमा रहेकी उनी त्यसबेला सांसद बन्न सकिनन् । यसपटक प्रत्यक्षमा लडेकी चौधरी ३० हजार ३ सय ४८ मतान्तरले निर्वाचित भइन् ।

चौधरीले ३८ हजार १ सय ९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धीले स्वाभिमान पार्टीका सुमितकुमारले ८ हजार मत पनि कटाउन सकेनन् । सुमितले ७ हजार ८ सय ४७ मत ल्याएका छन् ।

नेकपा एमालेका सुमनराज प्याकुरेलले ७ हजार ६ सय ५२, नेपाली कांग्रेसका रामदेव साह (तेली)ले ६ हजार ९ सय ९४, जयकान्त राउतले ४ हजार ८ सय ३३ मत ल्याए । जनता समाजावादी पार्टी नेपालका श्यामसुन्दर सरदारले २ हजार ५ सय ५८, नेपाली कम्युनिष्ट पार्टीका रविन्द्र चौधरीले १ हजार ६ सय २६ मत ल्याए ।

कुल १ लाख १९ हजार ४३ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९ सय ६९ जनाले मतदान गरेका थिए ।

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully