सरकारले करदाता सेवा कार्यालय खारेज गरेपछि सप्तरीका १८ मध्ये १६ स्थानीय तहले प्यान कार्डसहितका सेवा सञ्चालनमा ल्याएका छन्, बाँकी दुई पालिकामा तालिम बाँकी छ।
प्रहरीका अनुसार सुरुङ्गाका ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–१९ का ६० वर्षीय नसिर भन्ने बसिर मियाँलाई अपहरण र हत्या आरोपमा पक्राउ गरिएको हो ।
‘अप्पन बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ नारालाई सार्थक बनाउन विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी सघन साक्षरता अभियान सञ्चालन गरिने
आगामी साउनदेखि प्रशासनिक खर्च घटाउन मधेश सरकारले मन्त्रिपरिषद् १२ बाट ९ सदस्यीय बनाउने निर्णय गरेको छ, अन्य निकाय समेत खारेजीमा पर्नेछन्।
तीन सातादेखि चरणबद्ध आन्दोलन गर्दै आएका व्यवसायीले मंगलबार राजविराज नगरपालिका कार्यालयमा लगाएको ताला प्रहरीले तोड्दा आक्रोशित व्यवसायीले बजार बन्द गराएका छन्।
गत आर्थिक वर्षमा राजविराज नगरपालिकाले बीएसी १७९० नम्बरको गाडी मर्मत गर्न जिल्ला प्रहरी कार्यालयलाई ३ लाख रुपैयाँ दिएको छ भने सोही गाडी मर्मतमा छिन्नमस्ता गाउँपालिकाले २ लाख रुपैयाँ दिएको पाइएकाे छ ।
टस जितेर ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९३ रनको योगफल तयार गर्यो । ९४ रनको लक्ष्य पछ्याएको सिरहाले १५ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
खेलमा ओपनरद्वय प्रतिमा र अलिसाले अर्धशतकीय इनिङ खेल्दै अविजित ५१ तथा ४५ रन बनाउँदै बारालाई जित दिलाएकी छन् ।
आइतबारको खेलमा राष्ट्रिय खेलाडी शाना परविनको उत्कृष्ट अर्धशतकीय पारीले पर्साले पहिलो जित हात पारेको छ ।
सप्तरी क्रिकेट संघले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय, राजविराजको मैदान आयोजना गरेको खेलमा सप्तरीले सर्लाहीलाई ९ विकेटले हराएको छ ।