प्रहरीका अनुसार सुरुङ्गाका ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–१९ का ६० वर्षीय नसिर भन्ने बसिर मियाँलाई अपहरण र हत्या आरोपमा पक्राउ गरिएको हो ।
राजविराज — सप्तरीको सुरुङ्गा नगरपालिका–९ मा ११ वर्षअघि भएको अपहरण र हत्या घटनाका २ आरोपी ११ वर्षपछि मंगलबार पक्राउ परेका छन् । प्रहरीका अनुसार सुरुङ्गाका ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–१९ का ६० वर्षीय नसिर भन्ने बसिर मियाँलाई अपहरण र हत्या आरोपमा पक्राउ गरिएको हो ।
२९ भदौ २०७२ मा घरमै बसिरहेका स्थानीय ऐनुल मियाँलाई उनीहरूले अपहरण गरी बलान खोलादेखि पूर्वतर्फ रहेको पैनीमा डुबा हत्या गरेको आरोप छ । घटनापछि मृतक मियाँकी बुहारी रोशन खातुनले प्रहरीमा जाहेरी दिएकी थिइन् । तर, आरोपी दुवैजना लुकिछिपी बस्दै आएका थिए । खोजतलास गर्ने क्रममा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमराज घिमिरेको भनाइ छ ।
दाउदलाई घरबाटै तथा बसिरलाई बलान बिहुल गाउँपालिका–१ बाट पक्राउ गरिएको डीएसपी घिमिरेले जानकारी दिए । उनकाअनुसार दाउद र बसिरमाथि थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट म्याद थप लिइएको छ ।
