प्रदेशस्तरीय यु–१९ तथा सिनियर महिला छनोट टी–२० क्रिकेटमा सप्तरीको पहिलो जित

सप्तरी क्रिकेट संघले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय, राजविराजको मैदान आयोजना गरेको खेलमा सप्तरीले सर्लाहीलाई ९ विकेटले हराएको छ ।

जेष्ठ १६, २०८३

विद्यानन्द राम

Saptari's first win in provincial-level U-19 and senior women's selection T-20 cricket

राजविराज — सप्तरीमा सञ्चालित मधेश प्रदेशस्तरीय यु–१९ तथा सिनियर महिला छनोट टी–२० क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा सप्तरीले पहिलो जित निकालेको छ ।

सप्तरी क्रिकेट संघले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय, राजविराजको मैदान आयोजना गरेको खेलमा सप्तरीले सर्लाहीलाई ९ विकेटले हराएको छ ।

वर्षाका कारण ढिलो गरी सुरु भएको खेललाई १० ओभरमा छोट्याइएको थियो । टस जितेर ब्याटिङ गर्दै सर्लाहीले १० ओभरमा ७ विकेट गुमाउँदै ३३ रन मात्र बनाउन सक्यो । सर्लाहीकी समृद्धि भुजेलले सर्वाधिक १८ रन बनाएकी थिइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सप्तरीकी सुस्मिता यादवले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा २ रन मात्र खर्चेर ३ विकेट लिइन् । साक्षी यादवले २, अपेक्षा यादव र बन्दना रजकले १/१ विकेट लिएकी छन् ।

लक्ष्य पछ्याउँदै सप्तरीले १ विकेट मात्रै गुमाउँदै सहजै जित निकाल्यो । सप्तरीकी जेनिसा मगरले अविजित ११, साक्षी यादवले अविजित ९ र सुस्मिता यादवले ८ रन जोडेकी थिइन् । खेलमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेकी सुस्मिता यादव ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully