संसदमा पुगेका १६५ जना को हुन्?

संसदमा अधिकांश नयाँ अनुहार र केही दोहोरिएका अनुहार पुगेका छन् । उनीहरूको पृष्ठभूमि के हो?

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीति यस्तो पानीढलोमा पुर्‍यायो, जसले पुराना दलहरूलाई अस्तित्व संकटको सामना गरायो भने नयाँ दलहरूप्रति मतदाताको भरोसा देखाएर उनीहरूलाई सारा बेथिती, विसंगती र हैरानीको समाधान गर्ने जिम्मेवारी दियो। अबको संसदमा देखिने प्रत्यक्ष निर्वाचित १६५ जना माननीय को हुन् ?   

अचुत्तम लामिछाने : खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारी 

प्रतिनिधि सभाको निर्वाचनका लागि नुवाकोट-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि उनले त्यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने चुनौती थियो ।

Achuttam Lamichhane: Responsibility to introduce the discipline of sports science in the House

सर्लाही-१: व्यापारबाट संसदीय यात्रामा नितिमा

काठमाडौंमा बाजेको सेकुवा नामक रेस्टुरेन्ट संचालक रहेकी ४३ वर्षीया कार्की चुनाव घोषणापछि रास्वपा प्रवेश गरी उम्मेदवार बनेकी थिइन् । तीन पूर्वसांसदलाई पराजित गर्दै उनले पहिलोपटक संसदीय यात्रा सुरु गरेकी छन् ।

Sarlahi-1: From business to parliamentary journey to policy

मोहन आचार्य : लगातार तेस्रोपटक जनअनुमोदित

कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ जनामध्ये लगातार निर्वाचित हुने अवसर यसपटक मोहन आचार्यले पाएका छन् ।

Mohan Acharya: People's approval for the third consecutive time

सञ्चारकर्मी हुँदै सांसद : पार्टीले खटाएको क्षेत्रमा गए, एमाले सचिवलाई हराए

एमाले नेता-कार्यकर्ताले 'टुरिस्ट उम्मेदवार'को आरोप लगाउँदा उनी भन्थे- 'म टुरिस्ट उम्मेदवार होइन । भक्तपुरका जनताको पक्षमा काम गर्न आएको हुँ ।'

Mediaperson turned MP: Went to the area assigned by the party, defeated UML secretary

पुष्पाकुमारी चौधरी: अनमिदेखि सांसदसम्म

५ मंसिर २०४६ मा जन्मिएकी उनी यसअघि २०७९ मा रास्वपाबाट समानुपातिक उम्मेदवार थिइन् । यसपटक प्रत्यक्षमा लडेकी पुष्पाकुमारी चौधरी ३० हजार ३ सय ४८ मतान्तरले निर्वाचित भइन् ।

Pushpa Kumari Chaudhary: From UNM to MP

तनहुँ–२ बाट निर्वाचित श्रीराम न्यौपाने को हुन् ?

२०७९ फागुन १४ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका तनहुँ-२ बाट निर्वाचित न्याैपानेले इन्जिनियरिङ शिक्षामा १४ वर्ष अध्यापन र जलविद्युत तथा सुरुङ क्षेत्रमा १४ वर्ष काम गरेका छन् ।

Who is Shriram Neupane, elected from Tanahun-2?

सडककी ‘आशिका दिदी’ अब सदनकी सांसद

घाइतेहरूको ‘घाउमा मह्लम’ लगाउने आशिका अब संसद्‍मा पुगेकी छिन् । उनको प्रण छ– म आफ्नो जिम्मेवारी निर्वाह गर्नेछु ।

'Aashika Didi' from the streets is now a member of parliament

महावीर पुनको ‘सरप्राइज’ चुनावी ‘इन्ट्री’, मत पनि ‘सरप्राइज’

म्याग्दी निर्वचनमा महावीर पुनको ‘सरप्राइज इन्ट्री’ हुँदा जिल्लाको परम्परागत चुनावी अंकगणित पूरै खलबलिएन मात्र चुनावी प्रतिस्पर्धा पनि निकै रोचक रह्यो । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदा पुनले झन्डै तेब्बर मतान्तरले विजयी बने ।

Mahavir Pun's 'surprise' election 'entry', votes also 'surprise'

पूर्वशिक्षामन्त्री शिशिर खनालको संसद्मा ‘सेकेण्ड इनिङ्स’

४७ वर्षीय शिशिर खनालको पुर्ख्यौली थलो तनहुँ हो तर केही वर्षदेखि काठमाडौंको टोखामा बसोबास गर्दै आएका छन् ।

Former Education Minister Shishir Khanal's 'second innings' in Parliament

पर्सा–१: व्यवसाय र सामाजिक कामबाट संसदीय यात्रामा पन्त 

पेशाले होटल व्यवसायी रहेका पन्त केही वर्षदेखि वीरगन्जमा व्यवसाय र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए ।

Parsa-1: Panta travels from business and social work to parliamentary journey

राजेन्द्र र महिन्द्रलाई हराउँदै रविनको संसदीय यात्रा 

कबिलासी नगरपालिका -१० सलेमपुरका रविन महतोले सर्लाही-२ बाट पहिलाे पटक जित्दै संसदीय यात्रा प्रारम्भ गरेका छन् ।

Rabin's parliamentary journey defeating Rajendra and Mahindra

विक्रम तिमिल्सिना : अब साहित्यकार सांसद

विक्रम तिमिल्सिना राजनीतिलाई शक्ति संचयको साधनको रुपमा होइन, नागरिक र भुँइमान्छेप्रतिको जिम्मेवारी वहन गर्ने माध्यम बनाउनु पर्नेमा विश्वास राख्छन् ।

Vikram Timilsina: Now a writer MP

को हुन् महोत्तरी-४ बाट निर्वाचित रास्वपाकी गौरीकुमारी यादव ?

चुनावी मैदानमा स्थापित र प्रभावशाली दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरे पनि उनले शिक्षा, सामाजिक चेतना र परिवर्तनको एजेन्डालाई आधार बनाउँदै मतदाताको विश्वास जित्न सफल भइन् ।

Who is Gauri Kumari Yadav of the Rashtriya Swayamsevak Sangh (RSS) elected from Mahottari-4?

रास्वपा सदस्य बनेको ५१ दिनमा सांसद निर्वाचित भए बुढाथोकी

सामाजिक तथा शैक्षिक अभियन्ताका रूपमा परिचित बुढाथोकी यसअघि रामेछाप–काठमाडौं सृजनशील समाज नेपालका संस्थापक अध्यक्ष तथा संयोजक पनि रहेका थिए ।

Budhathoki was elected MP 51 days after becoming a member of the Rashtriya Swayamsevak Sangh (RSS).

दोलखामा कम्युनिष्ट 'गढ' भत्काउने खरेल काे हुन्?

खरेलले दुई पटक मन्त्री भैसकेका नेकपा एमालेका पार्वत गुरुङ र बागमती प्रदेशका मन्त्री बनिसकेका नेकपाका विशाल खड्का र नेपाली कांग्रेसका युवा उमेदवार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई भारी मतले पराजित गरे ।

Who is Kharel, who demolished the communist 'stronghold' in Dolakha?

एमालेको ‘लालकिल्ला’ भत्काएर कास्की-२ मा उत्तमको उदय

एमालेको गढ मानिने कास्की-२ मा सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रास्वपाका उत्तमप्रसाद पौडेलले छलाङ मारेका छन् ।

Uttam rises in Kaski-2 after demolishing UML's 'Red Fort'

मातृका यादव : शान्ति प्रक्रियादेखि संसद्‍मा चौथो पटक

कडा स्वभावका यादव मन्त्री हुँदा कर्मचारीलाई शौचालयमा थुनेको घटना अझै चर्चामा छ ।

Matrika Yadav: Fourth time in Parliament since the peace process

युवराज दुलाल: ‘बिग्रेड कमाण्डर’देखि संघीय सांसद्‌सम्म

२०५१ सालदेखि अखिल क्रान्तिकारीमा संगठित भई २०५२ सालदेखि माओवादी आन्दोलनमा सक्रिय रहँदै उनले विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए । उनी दुई पटक बागमती प्रदेशसभामा मन्त्रीसमेत भएका थिए ।

Yubaraj Dulal: From 'Bagrade Commander' to Federal MP

को हुन् इलाम-१ मा निर्वाचित भएका कांग्रेसका युवा नेता निश्कल राई ?

विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका उनले स्कुल–क्याम्पस इकाई हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनात्मक भूमिका निर्वाह गरेका छन् । अध्ययन, अनुसन्धान, समाजसेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै उनी निरन्तर राजनीतिमा सक्रिय छन् ।

Who is Niskal Rai, the young leader of Nepali Congress elected in Ilam-1?
Link copied successfully