सर्लाही-१: व्यापारबाट संसदीय यात्रामा नितिमा

काठमाडौंमा बाजेको सेकुवा नामक रेस्टुरेन्ट संचालक रहेकी ४३ वर्षीया कार्की चुनाव घोषणापछि रास्वपा प्रवेश गरी उम्मेदवार बनेकी थिइन् । तीन पूर्वसांसदलाई पराजित गर्दै उनले पहिलोपटक संसदीय यात्रा सुरु गरेकी छन् ।

फाल्गुन २९, २०८२

ओमप्रकाश ठाकुर

Sarlahi-1: From business to parliamentary journey to policy

सर्लाही — सर्लाही निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नितिमा भण्डारी कार्की हालै मात्र रास्वपा प्रवेश गरेकी थिइन्।

काठमाडौंमा बाजेको सेकुवा नामक रेस्टुरेन्ट संचालक रहेकी ४३ वर्षीया कार्की चुनाव घोषणापछि रास्वपा प्रवेश गरी उम्मेदवार बनेकी थिइन् । तीन पूर्वसांसदलाई पराजित गर्दै उनले पहिलोपटक संसदीय यात्रा सुरु गरेकी छन् । 

कार्की ४४ हजार १ सय ८१मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । एमालेका मनोजकुमार देवकोटाले  ६ हजार १ सय १ मत पाएका छन्।

कार्कीले आफ्नो प्रतिद्वन्द्वीसँग ३६ हजार ३ सय १० मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधिसभा सदस्यको रुपमा विजय हासिल गरेको क्षेत्र १ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

काठमाडौं-९ सिनामंगलकी कार्कीले माइती लालबन्दी नगरपालिका-१ रहेको क्षेत्रबाट उम्मेदवार बन्दै जित निकालेकी हुन् । कार्कीका पति चेतन भण्डारी पनि रास्वपा अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह निकट छन् । सांसद निर्वाचित कार्की स्नातकसम्म अध्ययन गरेकी हुन् ।

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

ओमप्रकाश

Link copied successfully