मतदाता नामावलीलगायतमा प्रक्रियागत त्रुटि भएकाले अधिवेशन स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ ।
आफ्नै घरको कौसीमा खेल्ने क्रममा विषालु सर्पले डसेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो ।
ठाकुरले उपसभामुखको भूमिकामा रहे पनि प्रतिनिधिसभा बैठकमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् ।
शुक्रबार साँझ ६ बजेतिर इट्टाभट्टाबाट इट्टा निकाल्ने क्रममा पर्खाल ढल्दा कामदारहरू पुरिएका थिए ।
रोल्पाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो ।
सर्लाहीको बरहथवा नगरपालिका–१ सहनीटोलस्थित हरैया घाटमा मनलाग्दी नदीजन्य पदार्थ उत्खनन् भइरहेको पाइएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा डाइभर्सन बगाएपछि बिहीबार बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ।
मालपोत कार्यालयबाट सात र यातायात कार्यालयको ट्रायल सेन्टरबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत असोजमा लखन्देही र ढंग्रा खोलाको बाढीले बगाएको सर्लाहीस्थित कौडेना गाउँपालिका–३ पर्सामा हुलाकी सडकमा बक्स कल्भर्ट बनाउने काम सुरु गरेको थियो ।