सर्लाहीको बरहथवा नगरपालिका-४ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । वडामा दुई उम्मेदवारको समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथाबाट वडाध्यक्ष चयन गरेको हो ।
सर्लाहीको कविलासी नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र पुनम कर्ण निर्वाचित भएका छन् । तत्कालीन राजपाबाट जित निकाली यस पटकको चुनावमा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादव तथा जसपाका उम्मेदवार बनेकी निवर्तमान उपमेयर राधादेवीलाई हराउँदै कांग्रेसले जित निकालेको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् । चक्रघट्टा गाउँपालिकाको अध्यक्षमा जसपाका कृष्णकुमार यादव विजयी भए । नेपाली कांग्रेसका उम्मेदवार रामजी साहलाई पराजित गर्दै जसपाका उम्मेदवार यादव निर्वाचित भएका हुन् ।
सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादीका रमेश बुढाथोकी विजयी भएका छन् । उपमेयरमा भने एमालेकी हरीमाया घलान निर्वाचित भइन् । स्थानीय तहको निर्वाचन २०७९ मा हरिवन नगरपालिकाको मेयर पदका लागि माओवादीका उम्मेदवार बुढाथोकीले ७ हजार २ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशप्रसाद प्रसाईंले ६ हजार ८ सय ४९ मत ल्याएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मेयर र उपमेयर दुवैमा जित हासिल गरेका छन् । निर्वाचन आयोगका अनुसार मेयरमा कांग्रेसका उम्मेदवार वासुदेव अधिकारी ९ हजार ५ सय ६१ मत ल्याई विजयी भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा बुधबार दिउँसो माछा बोक्ने पिकअप भ्यान र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । बसमा सवार १० यात्रु घाइते भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको गाउँ चन्द्रनगरमा नेपाली कांग्रेसले जित निकालेको छ । महतोका दाजु महेन्द्रलाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार राजकुमार महतोले विजयी हासिल गरे । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रनगर गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमारले ३ हजार ९ सय ९५ मत ल्याएर विजयी भएका हुन् ।