सर्प दंशबाट सर्लाहीमा एक बालकको मृत्यु

आफ्नै घरको कौसीमा खेल्ने क्रममा विषालु सर्पले डसेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो ।

जेष्ठ १४, २०८३

ओमप्रकाश ठाकुर

A child dies from a snake bite in Sarlahi

सर्लाही — सर्लाहीको कौडेना गाउँपालिकामा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । कौडेना गाउँपालिका-१ लक्ष्मीपुर बस्ने रवीन्द्र गिरीको ३ वर्षीय छोरा आदित्य गिरीलाई बुधबार साँझ सर्पले डसेको थियो ।

आफ्नै घरको कौसीमा खेल्ने क्रममा विषालु सर्पले डसेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो । बालकको उपचारको क्रममा ज्यान गएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बालकको मृत्युपछि आफन्तले चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै गएराति केहीबेर हो-हल्ला गरेका थिए । पछि आवश्यक प्रक्रिया पूरागरी बालकको शव परिवारले बुझेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओमप्रकाश

Link copied successfully