दाइजो प्रथाविरुद्ध निरन्तर लडिरहनेछु : उपसभामुख ठाकुर

ठाकुरले उपसभामुखको भूमिकामा रहे पनि प्रतिनिधिसभा बैठकमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् ।

जेष्ठ १०, २०८३

ओमप्रकाश ठाकुर

I will continue to fight against the dowry system: Deputy Speaker Thakur

सर्लाही — प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्धमा आफूले निरन्तर खबरदारी गरिरहने बताएकी छन् । 

सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ गौचरण बजारमा आइतबार आयोजित ‘बालविवाह एवं दाइजो प्रथा उन्मूलनको लागि बृहत् सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि निरन्तर लडिरहने बताएकी हुन् । 

उनले प्रतिनिधिसभाको पहिलो बैठकमै आफूले दाइजो प्रथाको विषय उठाएको स्मरण गरिन् । ठाकुरले उपसभामुखको भूमिकामा रहे पनि प्रतिनिधिसभा बैठकमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् । उनले दाइजो प्रथा मधेशी समाजका लागि ठूलो रोग रहेको भन्दै यसलाई निर्मूल नपारेसम्म आफू निरन्तर आवाज उठाइरहने बताइन् । दाइजोकै कारण मधेशमा महिलाहरु विभिन्न प्रकारका पीडा तथा हिंसा भोग्नुपरिरहेको उनको भनाइ छ । 

I will continue to fight against the dowry system: Deputy Speaker Thakur

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाले छोरीलाई १२ कक्षासम्म अध्यापन गराएर २० वर्ष पूरा भएपछि मात्र विवाह गराउने अभिभावक र दाइजो नलिई विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । 

कार्यक्रममा बाल विवाह एवं दाइजो उन्मूलनका लागि काम गरिरहेका मधेशका पालिका उपप्रमुखहरुलाई राखेर अहिलेसम्म गरिएका प्रयास, उपलब्धि, चुनौती, सिकाई र अगामी कार्यदिशाका बारेमा छलफल चलाइएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । 

ओमप्रकाश

Link copied successfully