रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित 

मतदाता नामावलीलगायतमा प्रक्रियागत त्रुटि भएकाले अधिवेशन स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ ।

जेष्ठ २४, २०८३

ओमप्रकाश ठाकुर

RSVP Sarlahi convention postponed indefinitely

सर्लाही — राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । मतदाता नामावलीलगायतमा प्रक्रियागत त्रुटि भएकाले अधिवेशन स्थगित गर्नु परेको निर्वाचन  समितिले जनाएको छ । अधिवेशनस्थल हरिवनको सरस्वती पार्टी प्यालेसमा आइतबार दिनभर जिल्लाभरका कार्यकर्ता जम्मा भएका थिए ।

जिल्लामा भएका पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण रहेको, निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्टि हुन बाँकी रहेको र स्वीकृत कार्यविधिअनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि देखिएको हुँदा तत्काल निर्वाचन अगाडि बढाउन असम्भव हुन आएको निर्वाचन जिल्ला समितिका संयोजक जयप्रकाश महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन स्थगितको सूचना आएपछि बिहानैदेखि कार्यक्रममा उपस्थित कार्यकर्ताले आक्रोश व्यक्त गरेका थिए । चर्को गर्मीमा उपस्थित गराउने अनि अन्तिम समयमा स्थगित गर्ने भन्दै कार्यक्रमस्थलमा घम्साघम्सि र भनाभन समेत भएको थियो । तर सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा राखेका कारण झडप हुनबाट रोकिएको छ ।

जिल्ला अध्यक्षका लागि मुख्य गरी वर्तमान अध्यक्ष सरोज बानियाँ, कृष्णनन्दन यादवलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

ओमप्रकाश

Link copied successfully