मालपोत कार्यालयबाट सात र यातायात कार्यालयको ट्रायल सेन्टरबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्लाही — सर्लाही सदरमुकाम मलंगवास्थित मालपोत र यातायात कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले बिचौलियाको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।
मालपोत कार्यालयबाट सात र यातायात कार्यालयको ट्रायल सेन्टरबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीका अनुसार उनीहरूलाई बिचौलियाको काम गरेको आरोपमा पक्राउ गरिएको हो ।
सरकारी निर्णयविपरीत कार्यालयभित्र प्रवेश गरेको भन्दै प्रहरीले मालपोत र यातायात कार्यालयअगाडि बसेर लामो समयदेखि लेखापढीको काम गर्नेलाई नियन्त्रणमा लिएको जनाएकाे छ । पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
