दोलखामा कम्युनिष्ट 'गढ' भत्काउने खरेल काे हुन्?

खरेलले दुई पटक मन्त्री भैसकेका नेकपा एमालेका पार्वत गुरुङ र बागमती प्रदेशका मन्त्री बनिसकेका नेकपाका विशाल खड्का र नेपाली कांग्रेसका युवा उमेदवार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई भारी मतले पराजित गरे ।

फाल्गुन २६, २०८२

केदार शिवाकोटी

Who is Kharel, who demolished the communist 'stronghold' in Dolakha?

What you should know

दोलखा — कम्युनिष्ट पार्टीको ‘गढ’का रुपमा रहेको दोलखामा रास्वपाका युवा उमेदवार जगदीश खरेलले निलो झण्डा गाडेका छन् । उनी दोस्रो प्रयासमै जिल्लाबाट सबैभन्दा कान्छो बनेर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहिलो सदस्य बनेका छन् ।

उनी २०४५ चैत्र २७ मा साविक सुनखानी गाउँ विकास समिति हाल कालिञ्चोक गाउँपालिका–८ मा जन्मेका हुन् । घाँसदाउरा गर्दै ग्रामीण परिवेशमा हुकेका उनले गाउँकै कालिनाग माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका हुन् । तत्कालीन समयमा राजनितीमा निकै झुकाव भएर नेपााल विद्यार्थी संगठनमा आवद्ध भएर उनले राजनीतिक यात्रा थालेका थिए । केही समय नेपाली कांग्रेसको भातृ संगठनमा अवद्ध भएका उनी सोही पार्टीको काठमाडौं–दोलखा सम्पर्क समितिको सभापति भएका थिए ।

उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गरेका उनी सिभिल इन्जिनियरिङ गरेपछि दाई कुमार खरेलसँगै जलविद्युत निर्माण क्षेत्रमा प्रवेश गरे । उनी जलविद्युतसँगै खानेपानी र औद्यागिक निर्माण क्षेत्रमा काम गर्दै आएका छन् । २०७९ मा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेपछि  कांग्रेस त्यागेर यसमा आवद्ध भएका थिए ।

पहिलो पटक २०७९ सालमै रास्वपाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । तर कम्युनिष्टको गढमा उनलाई ३ हजार ८ मत प्राप्त भएको थियो । पराजितपछि पनि उनी निरन्तर पार्टी काममा सहभागी बनेर जनताको घर दैलो र जिल्ला आउजाउ बाक्लो बनाइरहे । यो निर्वाचनमा उनले घरदैलो कार्यक्रम गर्दा हरेक मतदातासँग उनले सुशासन र परिवर्तन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

दुई पटक मन्त्री भैसकेका नेकपा एमालेका पार्वत गुरुङ र बागमती प्रदेशका मन्त्री बनिसकेका नेकपाका विशाल खड्का र नेपाली कांग्रेसका युवा उमेदवार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई भारी मतले पराजित गरे । उनले ३२ हजार ३ सय ७६ मत ल्याउँदा एमालेका पार्वत गुरुङले १७ हजार ४ सय ४९ मत ल्याएका थिए ।

खरेल र गुरुङ बीच १४ हजार ९ सय २७ मतको अन्तर छ । २०४८ सालदेखि कम्युनिष्टको खरेलले ३५ वर्षपछि भत्काइदिएका छन् । निर्वाचित भएपछि उनले सुशासन, भष्ट्राचार नियन्त्रण र जिल्लाको विकासमा परिवर्तन देखिने गरी काम गर्ने बताए ।

केदार

Link copied successfully