भोजपुरमा समानुपातिकमा पनि श्रम संस्कृति पार्टी पहिलो

समानुपातिकतर्फको मतपरिणामअनुसार १६ हजार १ सय ५० मतसहित श्रम संस्कृति पार्टी (माटो) पहिलो बनेको छ ।

फाल्गुन २६, २०८२

अर्जुन बस्नेत

Shram Sanskriti Party wins first in Bhojpur proportional representation

भोजपुर — प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो बनेको छ । समानुपातिकतर्फको मतपरिणामअनुसार १६ हजार १ सय ५० मतसहित श्रम संस्कृति पार्टी (माटो) पहिलो बनेको छ ।

यस्तै १३ हजार ३सय ७५ मत सहित एमाले (सूर्य) दोश्रो, ८ हजार ७ सय ३८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) तेस्रो बनेको छ । यस्तै ७ हजार ५ सय ७९ मतसहित कांग्रेस (रुख) चौथो र ४ हजार ८ सय ३ मतसहित नेकपा (तारा) पाँचौँ बन्न पुगेको छ । त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टी (मुरली) ले १ हजार ४ सय ८३ र प्रगतिशील लोकतान्त्रिक पार्टी (आँखा) ले ४ सय ५० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भोजपुरमा ९ वटा स्थानीय तह छन् । जसमा कायम भएका केन्द्र तथा समानुपातिकतर्फको दुई अस्थायी मतदान केन्द्रमा गरी १ लाख २८ हजार ७८ जना समानुपातिकतर्फका कुल मतदाता थिए । जम्मा मतदाताहरूमध्ये समानुपातिकतर्फ ५८ हजार ४ सय ७३ मत खसेको थियो भने ५५ हजार ४ सय ८९ मत सदर भएको छ । बदर मत संख्या भने २ हजार ९ सय ८४ छ ।

यहाँबाट प्रत्यक्षतर्फ एमालेका केन्द्रीय सचिवलाई १ हजार ९ सय १३ मतले पछि पार्दै श्रम संस्कृतिका ध्रुवराज राई १६ हजार ६ सय ६३ मतसहित विजेता बनेका थिए । एमालेका राईले भने १४ हजार ७ सय ५० मत पाएका थिए । 

अर्जुन

Link copied successfully